FAQs Complain Problems

भर्खरै

तुलसीपुर उपमहानगरपालिकाको सुरक्षित आवास कार्यक्रम,छ सय घरधुरीलाई एक करोड वढिको जस्तापाता वितरण

दाङ तुलसीपुर उपमहानगपालिका कार्यालयले सुरक्षित आवास कार्यक्रम अन्र्तगत नगर क्षेत्रका झन्डै छ सय घरधुरीलाई जस्तापाता वितरण गरेको छ । उपमहानगर नगर क्षेत्र भित्र खरको छानो हटाउने उद्देश्यका साथ गत आर्थिक वर्षमा ५ सय ७० घरधुरीलाई जस्तापाता वितरण गरीएको कार्यालयले जनाएको छ ।
कार्यालयले तयार गरेको मापदण्द अनुसार नगरका १९ वटै वडामा खरको छानो भएका अति विपन्न घरपरिवार छनौट गरी उनीहरुलाई जस्तापात वितरण गरीएको हो । कार्यालयले दिएको जानकारी अनुसार गत वर्ष १ करोड ११ लाख १७ हजार ८ सय ८२ रुपैया बराबरको १ हजार ६ सय ७ बण्डल १ पाता टिन खरिद गरी वितरण गरीएको थियो । जसमा वडा नम्वर १ मा २१ घरधुरीलाई जस्तापाता वितरण गरिएको थियो ।

यस्तै वडा नम्वर २ मा २३, वडा नम्वर ३ मा ३६ , वडा नम्वर ४ मा ३० , वडा नम्वर ५ मा ५, वडा नम्वर ६ मा ४ , वडा नम्वर ७ मा २८, वडा नम्वर ८ मा २४ , वडा नम्वर ९ मा १० , वडा नम्वर १० मा २२, वडा नम्वर ११ मा ३१ , वडा नम्वर १२ मा २४, वडा नम्वर १३ मा ३० , वडा नम्वर १४ मा २५, वडा नम्वर १५ मा ३१, वडा नम्वर १६ मा २५, वडा नम्वर १७ मा २६, वडा नम्वर १८ मा ३१ र वडा नम्वर १९ मा ४१ घरधुरीलाई जस्ता पाता वितरण गरिएको उपमहानगरपालिकाका प्रेस संयोजक बसन्त आचार्यले जानकारी दिनुभयो । गत वर्ष अनुगमन र मुल्याङकन गरेर आबशयकता अनुसार जस्तापाता वितरण गर्ने योजना भएता पनि सवैलाई एउटै किसिमको वितरण गरिएको थियो ।

१ सय वढिले अझै जस्ता पाता लगाएनन्
स्थानिय तहको निर्वाचनको समयमा जनता संग भोट माग्ने क्रममा नगर प्रमुख घनश्याम पाण्डेले नगरलाई घरको छानो मुक्त घोषणा गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।सोहि अनुरुप उपमहानगरपालिकाले गत वर्ष बैशाख महिना देखी वडा नम्वर १ बाट सुरुवात गरेको थियो ।तर उपमहानगरपालिकाले जस्ता पाता दिएको १ वर्ष विति सक्दा पनि केहि वडामा अझै केहि घरधुरीले घरमा जस्तापाता लगाएका छैनन् ।
कार्यालयले एक महिना अघि चैतमा गरेको अनुगमनका क्रममा १ सय ३ घरधुरीले अझै घरमा टिन नलगाएको पाईएको छ ।जसमा वडा नम्वर २ मा ४, वडा नम्वर ३ मा १४, वडा नम्वर ४ मा ५, वडा नम्वर ७ मा ७, वडा नम्वर ८ मा २, वडा नम्वर ९ मा २, वडा नम्वर १० मा ५, वडा नम्वर ११ मा १८ , वडा नम्वर १३ मा १२, वडा नम्वर १४मा ५ , वडा नम्वर १५ मा २, वडा नम्वर १७ मा १२, र वडा नम्वर १९ मा १५ घरधुरीले जस्तापाता अझै प्रयोग गरेका छैनन् ।
अनुगमनका क्रममा जस्तापाता पाएको तर घरमा नलगाएकाहरुलाई छिटै प्रयोग गर्न आग्रह गरिएको कार्यालयले बताएको छ ।साथै वडा नम्वर ५ लाई भने खरको छानो मुक्त वडा घोषणा गरिएको छ ।

यस वर्ष मापदण्डमा कडाई
गत वर्षको तुलनामा यस वर्ष मापदण्डलाई थप गरिएको छ । गत वर्ष मापदण्ड अनुसार प्रभावकारी हुन नसकेको भन्दै यसपटक थप व्यवस्थित गर्न लागीएको उपमहानगरपालिकाका प्रबक्ता श्याम डाँगीले जानकारी दिनु भयो । उनका अनुसार गत वर्ष भन्दा यस वर्ष वजेट पनि धेरै न्युन रहेको छ । यस वर्ष पहिलो चरणमा १२ लाख रुपैया बराबरको जस्तापाताको टेण्डर आह्वान भईसकेको छ । गत वर्ष केहि कमी कमजोरी भएकाले यस वर्ष मापदण्ड अनुसार शहिद, घाईते, अपाङग र जेष्ठ नागरिक भएका घरधुरीलाई पहिलो प्राथमिकता दिईने भएको छ ।
त्यस्तैगरी खरको छानो भएको तर घरपरिवारको केहि आयश्रोत भएमा सम्वन्धित घरधुरीले २० प्रतिशत व्यहोर्नु पर्नेछ भने उपमहानगरपालिकाले ८० प्रतिशत सहयोग गर्ने प्रावधान बनाईएको छ । जस्तापाता दिनु भन्दा अघि उपप्रमुख माया आचार्यको संयोजकत्वमा गठन गरीएको अनुगमन समितिले अनुगमन तथा मुल्याङकन गर्नेछ । त्यसैको आधारमा उनीहरुलाई छनोट गरी वितरण गर्ने योजना रहेको प्रबक्ता डाँगीको भनाई छ । उनका अनुसार अहिले प्रत्येक वडाहरुबाट निवेदन माग भईरहेको हुदा जेठ महिनाबाट वितरण सुरु गरिनेछ ।