FAQs Complain Problems

भर्खरै

तुलसीपुर उपमहानगरमा ६ विधेयक संशोधन सहित पारित

तुलसीपुर उपमहानगरमा ६ विधेयक संशोधन सहित पारित

तुलसीपुर उपमहानगरपालिकाको चौथो नगर सभाले वैठकले ६ वटा विधेयक पारित गरेको छ ।
तुलसीपुर विकास वोर्ड गठन सम्वन्धि विधेयक, कृषि व्यवसाय प्रवद्र्धन विधेयक, शिक्षा विधेयक, नवराज लामिछानेले प्रस्तुत गरेको विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन विधेयक, वाल संरक्षण तथा संवद्र्धन नीति र राजु आचार्यले प्रस्तुत गरेको नगर स्वास्थ्य विधेयक संशोधन सहित पास गरेको हो । बिधेयक विधायन समितिका संयोजक देवराज विश्वकर्माले प्रस्तुत गर्नुभएको थियो ।

नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको वैठकले वार्षिक योजना तथा संशोधन प्रस्ताव वहुमतले पारित गरेको छ । सभाले तुलसीपुर विकास वोर्ड गठनको विधेयक पारित गरेसँगै ऐन बनाएर अगाडि वढ्ने छ ।विधेयकमा उल्लेख भए वमोजिम यसभन्दा अगाडि सञ्चालनमा रहेका उपमहानगरपालिका र तत्कालिन गाविसमा रहेका विभिन्न कोषहरुलाई एकीकृत गरेर परिचालन गर्नका लागि वोर्डमा व्यवस्था गरिएको छ ।

विधेयकमा विभिन्न दातृ निकायले सहुलियत दरमा उपलब्ध गराएको ऋण सहयोग उपमहानगरपालिकाका निम्न वर्गका जनताको आर्थिक विकास, सामाजिक विकास, उद्यशिलता र रोजगारी विकासका लागि परिचालन गरिने व्यवस्था पनि गरिएको छ ।

यसैगरी तुलसीपुर उपमहानगरपालिकाको शिक्षा विधेयक पनि संशोधन सहित पारित गरिएको छ ।
नगर सभाले पारित गरेको नगर विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐनमा उल्लेख भए अनुसार विपद व्यवस्थापनका लागि उपमहानगरपालिकाले छुट्टै आकस्मिक कोषको व्यवस्था गर्ने भएको छ ।

उपमहानगरपालिकाले वार्षिक वजेटबाट स्वीकृति रकमका साथै प्रदेश र संघका साथै विभिन्न दान दातव्यबाट प्राप्त रकम समेत कोषमा राखेर विपद व्यवस्थापनको काम गर्नेछ ।

यसका साथै कुनै ठाउँमा गम्भिर प्रकृतिको विपद् उत्पन्न भएमा संकटग्रस्त क्षेत्रका रुपमा समेत घोषणा गर्ने प्रावधान विधेयकका राखिएको छ ।
नगरसभाले तुलसीपुर उपमहानगरपालिकाको बाल संरक्षण नीति र नगर स्वास्थ्य विधेयक समेत पारित गरेको छ । नगर सभामा वडा सदस्यहरू सुरेस श्रेष्ठ,सुवास डिसी लगाएतकाले बोल्नुभएको थियोे ।