FAQs Complain Problems

भर्खरै

तुलसीपुर उपमहानगरले विदेशी भाषा कक्षा सञ्चालन गर्ने

तुलसीपुर उपमहानगरले विदेशी भाषा कक्षा सञ्चालन गर्ने

दाङको तुलसीपुर उपमहानगरपालिकाले बिद्यालयमा विदेशी भाषा पढाउने नीतिलाई अघि सारेको छ । उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७६/०७७ मा चाईनिज र जापानीज भाषालाई विद्यालय भित्र सञ्चालन गर्न प्रोत्साहन गर्ने नीति अघि सारेको हो ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले यस्तो बताए । त्यसतै थारु जातिको महतवा प्रथालाई कानुनी दायरामा ल्याउने भएको छ ।

त्यस्तै तुलसीपुर १९ सक्राममा रहेको सशस्त्र व्यारेकलाई क्रान्ति संग्राहलय तथा बहुसांस्कृतिक केन्द्रका रुपमा स्थापीत गर्ने, तुलसीपुरको पहिचानलाई विदेशमा चिनाउन विदेशीसंग भागिनी सम्बन्ध कायम गरिने छ ।

त्यसतै तुलसीपुर उपमहानगरपालिकाले आफ्नै अप्टिकल फाईवर निर्माण गर्ने भएको छ । साथै उपमहानगरपालिकाले आफ्नै लिज लाईन्, तथा सेन्ट्रल डाटा सर्भर पनि निर्माण गर्ने नीति अघि सारेको छ । साथै तुलसीपुरमा आविष्कार केन्द्रको कामलाई पनि अघि बढाउने उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले बताउनुभयो ।

साथै उपमहानगरपालिकाले सबै वडाहरुमा पोषण सहजकर्ता तयार गर्ने, सवै वडामा स्वास्थ्य संस्था निर्माण गरिसक्ने, प्रत्येक विद्यालयमा हेल्थ क्लब गठन गर्ने, नगरबासीलाई बर्षमा दुई पटक स्वास्थ्य जाँच गर्न प्रबन्ध मिलाईने, स्मार्ट हेल्थ कार्डको ब्यबस्था गर्ने, वडाहरुमा मेयरवाटिका स्थापना गरि सामुदायिक व्यायामशाला सहितका रिक्रेसन केन्द्र स्थापना गरिने, यस बर्ष तीनवटा एम्बुलेन्स खरिद गर्ने नीति अघि सारेको छ ।

पठन सांस्कृतिको विकासका लागि सामुदायिक र नगर पुस्तकालय स्थापना गरिने, विद्यालयमा दिवा खाजा कार्यक्रम विस्तार गर्ने, कक्षा ५ को परीक्षालाई नगर स्तरीय बनाउने नीति अघि सारेको छ ।

साथै ग्रेड टिचिङ्ग प्रणाली लागु गरिने, आवासीय विद्यालय सञ्चालन, नमूना बिद्यालयको विकास गरिने, प्रत्येक वडामा सामुदायिक अध्ययन केन्द्र विस्तार गरिने, उपमहानगरपालिका भित्रका तालिम सेन्टरहरुलाई कानुनी दायरामा ल्याईने, चाईनिज, जापानीज भाषालाई विद्यालय भित्र सञ्चालन गर्न प्रोत्साहन गर्ने नीति अघि सारेको छ ।