FAQs Complain Problems

भर्खरै

बृद्धबृद्धाको घरमै पुगेर उपचार गर्न शुरु

बृद्धबृद्धाको घरमै पुगेर उपचार गर्न शुरु

दाङको तुलसीपुर उपमहानगर स्वास्थ्य महाशाखाले बृद्धबृद्धाहरुको घर–घरमै पुगेर स्वास्थ्य परीक्षण गर्न शुरु गरेको छ ।

बिहीबार तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ देखि यो अभियान शुरु गरेको स्वास्थ्य महाशाखा प्रमुख गोकर्ण दाहालले बताए । उनका अनुसार उपमहानगरपालिका भित्रका ८० बर्षमाथिका बृद्धबृद्धाहरुलाई घरमै उपचार गर्न शुरु गरिएको हो ।

बिहीबार र शुक्रबार वडा नं. १२ मा शुरु हुने र यही अभियान सबै वडामा जाने उनको भनाई थियो । बृद्धबृद्धाहरु हिड्डुल गर्न नसक्दा अस्पतालसम्म आउन नसक्नुका साथै घरपरिवारले पनि बृद्धबृद्धाहरुको स्वास्थ्य उपचारमा ध्यान दिने नगरेको भन्दै घरमै गएर उपचार गर्न शुरु गरिएको उनको भनाई थियो ।