FAQs Complain Problems

भर्खरै

विमानस्थल स्तरोन्नतिको कुराले हौसला थपेको छ :नगरप्रमुख पाण्डे

विमानस्थल स्तरोन्नतिको कुराले हौसला थपेको छ :नगरप्रमुख पाण्डे

सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको वजेटमा टरिगाउँ विमानस्थल स्तरोन्नतिको कुरा समावेश गरेको प्रति नगरप्रमुख घनश्याम पाण्डेले खुसी व्यक्त गरेका छन् ।

वन्द अवस्थामा रहेको विमानस्थल सञ्चालनका लागि आफुले गरेको पहलले सार्थकता पाएको उनको भनाई छ । ‘विमानस्थल दीर्घकालिन सञ्चालन हुने कुरामा ढुक्क भयो ’ उनले भने । 
लामो समय वन्द रहेको विमानस्थल सञ्चालनका लागि नगरप्रमुख पाण्डेले लामो कसरत गरेका थिए ।

तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा अहिले विमानस्थलमा सानो आकारको जहाज दैनिक सञ्चालन भइरहेको छ । विमानस्थलको स्तरोन्नतिका लागि पहल गर्ने सबैलाई पाण्डेले धन्यवाद दिएका छन् । ‘सबैको साथ र सहयोगले तुलसीपुरका लागि ठूलो उपलब्धि भएको छ ’ उनले भने ।