अबिरल बर्षाले क्षेति पुरयो

तुलसीपुर श्रावण २९
झरेन्द्र खरेल सूचना अधिकारी(तु.पु.उ.म. न.पा.)
यहि श्रावण २७ गतेदेखि परेको अबिरल बर्षाका कारण तुलसीपुर उपमहानगरपालिकाका बिभिन्न वडामा ब्यापक क्षेती पुरयाएको छ । बाढि र बर्षाका कारण क्षेती पुगेका ब्यक्ति तथा परिवाजनलाई उद्धार,राहत र पुनस्थापनका लागि श्रावण २९ गते बिहान तुलसीपुर उपमहानगरपालिकाका प्रमुख श्री घनश्याम पाण्डेज्युको अध्यक्षतामा सर्बपक्षिय बैठकको आयोजना गरिएको थियो । उक्त बैठकले प्राकृतिक बिपदका कारण क्षेति पुगेकाहरुको राहतका लागि तुलसीपुर स्थित नेपाल ईन्भेषमेन्ट बैकमा ०३१०१०४०२५१८६० नंको मेयर प्राकृतिक बिपद ब्यवस्थापन कोषको स्थापना गरेको छ । बैठकले राहतलाई उपमहानगरपालिकामा संकलन गरी एकद्धार प्रर्णालीबाट उपलब्ध गराउने निर्णय गरेको छ । उक्त कोषको संयोजक नगर प्रमुख र सदस्य सचिवमा उपमहानगरका कार्यकारी अधिकृत रहने र सदस्यहरुमा तुलसीपुर स्थित बिभिन्न संघसंस्था तथा कार्यालयहरु बैठकले निर्णय गरेको छ । साथै बैठकले यो बिपदमा आवश्यक राहत सहयोगका लागि सबै राजनीतिक दल,संघसंस्था,उद्योगि ब्यवसायी,पत्रकार ,नागरिक समाज लगाएत आम जनसमुदायमा समेत अनुरोध गरेको छ । 

२९ गते सम्मको क्षेतीको बिवरण 
वडा नं. १
१. देबीलाल बिक सुनपुर रामनगर टोल घरभत्केको ।
२.झुपलाल खडकाको ५ कठठा खेत हापुरकोट खोलाले कटान
३..सन्त बहादुर बिकको ५ कठठा खेत दमारेखोलाले कटान
४.तिबहादुर रानाको गोठ भत्केको हापुरकोट
५.भक्त बहादुर कामीको गोठ भत्केको सुनपुर
६.पे्रमप्रसाद न्यौपानेको घरभत्केको सुनपुर
७.हिरामणि सुनारको गोठ भत्केको सुनपुर

वडा नं.२
कुलो र नाला मात्रमा क्षेति पुगेको

वडा नं. ८

१.चमिखोलाले देवा भुसालको कुखुरापालमा पसि क्षेति पुगेको
२.चमिखोलाको टिकरी जाने पुलमा क्षेती
३.साबिक वडा नं. ११को पार्बती देबी कंवरको घर तत्केको 
४.शिरज शाहको घर भत्केको ।(अश्वारा)
५.शिवराज डागीको घर भत्केको (अश्वारा)
६.अश्वारा गनारकुलोमा क्षेती 
७.पोलहरुमा ढलाएको 
८.भमके खोलाले धानबाली नष्ट गरेको ।
९.दिपक शाहको घरमा गहतेखोलाको पानी पसी क्षेती पुगेको।
१०सुनबर्षा स्थित रातापहको कुलो क्षेती भएको
११.वडा नं. ८ को शबदाह गुहमा जानेबाटोमा क्षेती

वडा नं. ३
१. बिस्मुरे कुलोको बांध नष्ट÷
२.झांक्रिढुङ्गा खापाको पाईप बगाएको ।
३.मसेरीमा पहिरो जांदा दमारगाउले कुलो र ढालबहादुर बुढाथोकीको खेत पूर्ण क्षेती
४.दमारगाउले कुलोको बांध ध्वस्त ।
५.एक्ले पिपल बाट जानेबाटोमा क्षेती
६.भट्टेकालामारेमा २ वटा कल्भर्ट र ह्युमपाई बगाएको र १०० मिटरबाटो कटान गरेको ।
७.वडा नं. ३को नाउला प्रतापकोट जानेबाटोमा क्षेत्री पुगेको ।
८.लोक बहादुर केसी घर भत्केको ।
९.रेशम परियार लगाएतका ५ वटा घर भत्केको ।
१०.गहते मनकामना टोलमा ढकालकुलाले कल्भर्ट बगाएको ।
११.बराहखालीमा १२ वटा बिजुलीको पोल ढालेको ।
१२.बराहखालीमा लोकराज कंडेलको गोठ भत्केको ।

वडा नं. १३ 
१.रनियापुर,मजघटुवा,बराहखुटी,गाईखुटी मा ३६ घर भत्केको ।
२. तुईसोतामा आएको बाढिले धान र मकैमा ५० प्रतिशत क्षेत्री पुगेको

अन्य वडाको थप जानकारी आउन बांकी समय १.४५ सम्म