FAQs Complain Problems

भर्खरै

किसानलाई बाख्रा वितरण

किसानलाई बाख्रा वितरण

तुलसीपुर उपमहानगरपालिकाले किसानलाई बाख्रा वितरण गरेको छ।

व्यवसायिक रूपमा बाख्रा पालन गर्दै आएका किसानको प्रोत्साहनको लागि किसानलाई बाख्रा वितरण गरेको जानकारी दिइएको छ।

उपमहानगरपालिकाको वडा नम्बर १४ ले व्यवसायिक रूपमा बाख्रा पालन गर्दै आएका किसानलाई प्रोत्साहन स्वरूप बाख्रा प्रदान गरिएको जानकारी दिएको छ।

३४ किसानलाई २/२ वटा र ११ किसानलाई १/१ वटा बाख्रा का दरले ७९ वटा बाख्रा वितरण गरिएको छ।

५ वटा माउ बाख्रा भएकालाई २ वटा र त्योभन्दा कम बाख्रा भएकालाई एउटा बाख्राका दरले वितरण गरिएको थियो।

बाख्रा वितरण गर्दै नगरप्रमुख घनश्याम पाण्डेले किसानलाई सहयोग पुगोस् भन्ने उद्धेश्यले बाख्रा वितरण गरिएको बताए। उनले जीवन निर्वाहमुखी कृषि प्रणालीभन्दा माथि उठेर व्यवसायिक ढंगले लाग्न आग्रह गरे।

त्यस्तै, पशु शाखा प्रमुख सुदाम भट्टले हाडनाता प्रजनन गराउँदा बाख्राको उत्पादन घट्दै गएको हुँदा त्यसमा ध्यान दिन आग्रह गरे।

घाँसमा आधारित पशुपालनमा किसानले ध्यान दिनुपर्ने उनको जोड थियो।