FAQs Complain Problems

भर्खरै

तुलसीपुरका हरेक वडाहरुमा योगाहल बनाउने तयारी

तुलसीपुरका हरेक वडाहरुमा योगाहल बनाउने तयारी

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले हरेक वडाहरुमा योगाहल बनाउने तयारी गरेको बताएका छन् । स्मार्ट शहरका नागरिक पनि स्मार्ट र स्वस्थ हुन जरुरी रहेकाले नागरिकलाई स्वस्थ राख्न योगाहलको योजना अघी सारेको पाण्डेले बताए ।

तुल्सीपुर उपमाहानगरपालिका वडा नंबर ६ को मोतीनगर टोल विकास संस्थाले आइतबार जग्गादाता रेशम लामिछाने र उनकी धर्मपत्नी गीतादेवि लामिछानेलाई सम्मान गर्न आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेले जीवन शैलीमा परिर्वतन गर्न सके स्वस्थ भइने धारणा राखे । उनले उपमहानगर भित्र स्मार्ट सीटीलाई सहयोग पुर्याउने धेरै कार्यहरु अगाडी बढेको समेत जानकारी गराए । त्यसैगरी तुलसीपुर उपमहानगरपालिका वडा नंबर ६ का अध्यक्ष नवराज लामिछानेले टोलले गरेका हरेक कार्यमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।यसैबीच तुल्सीपुर उपमहानगरपालिका वडा नंबर ६ को मोतीनगर टोलविकास संस्थाले जग्गादाता रेशम लामीछाने र उहाकी धर्मपत्नी गीतादेवि लामिछानेलाई सम्मान गरेको छ । संस्थाका र टोलबासीका लागी योगाहल र मन्दिर निर्माणार्थ लामिछानेले ६६ दशमलव ९१ वर्गमीटर जग्गा प्रदान गरेको संस्थाका अध्यक्ष दोलख बहादुर खत्रीले बताए । चलन चल्तीको मुल्य अनुसार ५० लाख बढीको सो जग्गामा आधुनिक भवन निर्माणको तयारी गरेको इञ्जिनियर पवन योगीले बताए ।

संस्थाका अध्यक्ष दोलख बहादुर खत्रीको सभापतित्व एवं तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेको प्रमुख आथित्यता तथा तुलसीपुर उपमहानगरपालिका वडा नंबर ६ का अध्यक्ष नवराज लामिछानेको विशीष्ट आथित्यमा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार रेशम लामिछाने, बुद्ध प्रकाश सिंह लगायतले बोलेका थिए । संस्थाका उपाध्यक्ष तारा पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव सुरज ज्ञवालीले गरेका थिए ।