FAQs Complain Problems

भर्खरै

तुलसीपुरमा बैकहरु हप्तामा ३ दिन खुल्ने

तुलसीपुरमा लकडाउनको संवेदनशिलतालाई मध्यनजर गदै हप्ताको ३ दिन मात्रै बैकहरु खुल्ने भएका छन् । उपमहानगरपालिकामा यस क्षेत्रका विभिन्न वैकर्सहरुका विचमा विहिवार भएको छलफलमा हप्तामा ३ दिन बैक खोल्ने सहमति भएको हो । जसमा ‘आइतवार, मंगलबार र बिहिवार वैकहरु खुल्ने भएका छन् ।नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको छलफल कार्यक्रममा सातामा तिन दिन विहान १० वजेदेखि दिउँसो १ वजेसम्म बैक खोल्ने निर्णय भएको हो । बैक खोल्दा अनिवार्य रुपमा सामाजिक दुरी कायम गर्ने, मास्क र स्यानीटाइजरको प्रयोग गर्नुपर्नेछ । पछिल्लो समय वैकमा बाक्लो भिडका कारण संक्रमणको चूनौति वढेको थियो ।http://www.tulsipurkhabar.com/