FAQs Complain Problems

भर्खरै

तुलसीपुरमा वहुप्राविधिक शिक्षालय सञ्चालन हुँदै

तुलसीपुरमा वहुप्राविधिक शिक्षालय सञ्चालन हुँदै

तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गर्न लागेको तुलसीपर बहुप्राविधिक शिक्षालयको कक्षा सञ्चालन हुने भएको छ । यसै शैक्षिक सत्रबाट कक्षा सञ्चालनका लागि उपमहानगरपालिकाले तयारी गरेको शिक्षा समिति संयोजक देवराज विकले वताए । उनले ३ वर्षे वन विज्ञानका लागि भर्ना कार्यक्रम अगाडि वढाइने पनि वताए । पहिलो वर्षमा ४० जना विद्यार्थी भर्नाका लागि आव्ह्वान गरिने समेत उनले जानकारी दिए । कक्षा सञ्चालनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को १ सय ६९ औ बैठकले अनुमति प्रदान गरेको थियो । शिक्षालयका लागि तुलसीपुर १२ हरिपौरीमा भवन निर्माण समेत भइसकेको छ ।
तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा स्थापना गर्नका लागि उपमहानगरपालिकाले वहुप्राविधिक शिक्षालय सञ्चालनको अवधारण अगाडि वढाएको थियो । नगरप्रमुख घनश्याम पाण्डेले पहिलो वर्ष एउटा मात्रै विषय सञ्चालन गरेको भएपनि आगामी दिनमा थप विषय अध्यापन गराइने वताए । उनले प्राविधिक शिक्षालय सञ्चालनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् । यसैविच शिक्षा, युवा तथा खेलकुद मन्त्रीका सल्लाहकार जीवन गौतमले शिक्षालयका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले शिक्षालयलाई थप कार्यक्रम सञ्चालनका लागि मन्त्रालयको तर्फबाट समन्वय गर्ने वताएका छन् । तुलसीपुर उपमहानगरपालिकामा भएको भेटघाट कार्यक्रममा प्रदेश सभा सदस्य इन्द्रजित चौधरी र नेकपा दाङ्गका सह इन्चार्ज सुवास पुनको समेत सहभागिता रहेको थियो ।