FAQs Complain Problems

भर्खरै

तुलसीपुरले आर्थिक विकास सम्मेलन गर्ने

तुलसीपुर उपमहानगरपालिकाले स्थानीय आर्थिक विकासका सम्भावना खोज्नका लागि वृहत आर्थिक विकास सम्मेलन गर्ने भएको छ । विभिन्न क्षेत्रका विज्ञहरुको संलग्नतामा पुस १५ गते यस्तो सम्मेलन गर्न लागिएको हो ।

यहाँका विभिन्न क्षेत्रमा रहेका आर्थिक सम्भावना खोजेर तुलसीपुरको आर्थिक अवस्थालाई वलियो वनाउनका लागि सम्मेलन आयोजना गर्न लागिएको नगरप्रमुख घनश्याम पाण्डेले वताए । “यहाँ रहेका पार्क, पर्यटकीय क्षेत्र,होटेल, कृषि उत्पादन, सहकारी, बैक र वित्तिय लगायतका क्षेत्रमा रहेको सम्भावनालाई खोतल्नका लागि हामीले यस्तो सम्मेलन आयोजना गर्न लागेका हौ” नगरप्रमुख पाण्डेले वताए ।

नेपाल भरका स्थानीय तहमा पहिलो पटक आयोजना गर्न लागिएको सम्मेलनको मुख्य वत्ताका रुपमा मुख्यमन्त्री शंकर पोख्रेल रहने पनि नगरप्रमुख पाण्डेले जानकारी दिए । कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारी, प्रदेश नम्वर ५ योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठ, विज्ञ वावुराम रानाभाट लगायतले आर्थिक विकासका सम्भावनाका वारेमा विभिन्न कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रमहरु रहेका छन् ।

यसै विच उपमहानगरपालिकाले सम्मेलन आयोजनाका लागि आर्थिक समितिका संयोजक माधव वलीको संयोजकत्वमा ५ सदस्यीय सम्मेलन आयोजक समिति निर्माण गरेको छ । समितिका सदस्यहरुमा सहकारी समितिका संयोजक टोपवहादुर केसी, सहकारीकर्मी रुपवहादुर खत्री, तुलसीपुर उद्योग वाणिज्य संघबाट पवित्रा केसी रहेका छन् । समितिको सदस्य सचिवमा प्रेस संयोजक वसन्त विवश आचार्य रहेका छन् ।