FAQs Complain Problems

भर्खरै

तुलसीपुर उपमहानगर अब ‘क्यासलेस’

तुलसीपुर उपमहानगर अब ‘क्यासलेस’

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले चुनावमा गरेको प्रतिवद्धता अनुसार उपमहानगरपालिका कार्यालयलाई क्यासलेस बनाउने भएका छन् । उपमहानगरपालिकाले आगामी साउन १५ गतेभित्र आर्थिक कारोवार पूर्णत वैकिङ प्रणालीमा गर्नका लागि काम अगाडि वढाएको छ । ‘अहिले काउन्टर निर्माणको काम भइरहेको छ, एक सातामै सञ्चालनमा आउनेछ’ मेगा बैँक तलसीपुर शाखाका म्यानेजर राजन भण्डारीले बताए ।

आर्थिक पारिदर्शिताका साथै जनतालाई बैकिंङ प्रणालीप्रति अभ्यस्त बनाउनका लागि यस्तो गर्न लागिएको नगर प्रमुख पाण्डेले बताए । उनले क्रेडिक कार्ड बोक्नेहरुले स्वैप मेसिनबाट र अन्यले उपमहानगरपालिका कार्यालयभित्र रहेको मेगा बैंकको काउन्टरबाट पैसा तिर्न सकिने पनि बताए ।

उपमहानगरपालिका भित्र शाखा राख्नका लागि बंैकहरुलाई आव्ह्वान गरिएको थियो । आव्ह्वान गरिएका वैकहरुमध्ये मेगा बैंकले नगद संकलन काउन्टर राख्ने भएको हो । वित्तिय अधिकृत ललित घर्तिका अनुसार उपमहानगरपालिकाका १९ वटै वडामा स्वैप मेसिन राख्ने प्रक्रिया पनि अगाडि वढेको छ । ‘पहिलो चरणमा तुलसीपुर कार्यालयमा क्यास काउन्टर र स्वैप मेसिन जडान हुन्छ त्यसपछि वडा वडामा लगिनेछ’ अधिकृत घर्तिले भने । उनका अनुसार उपमहानगरपालिका भित्रै सेवाग्राहीको सहजताका लागि एटिएम मेसिन समेत राखिने भएको छ ।

सेवाग्राहीहरुलाई कार्डको प्रयोगतर्फ आकर्षित गर्नका लागि कार्ड प्रयोग गर्नेहरुलाई केही प्रतिशत छुट दिने योजनामा उपमहानगरपालिका रहेको प्रवक्ता सुर्यबहादुर डाँगीले जानकारी दिए । उपमहानगरपालिकालाई पेपरलेस वनाउनका लागि घटना दर्ता र कर संकलन अनलाईन मार्फत गर्न थालिएको छ भने घरजग्गा नक्सापासलाई पनि यो आर्थिक वर्षबाट अनलाइनमा लैजाने गरी तयारी भइरहेको पनि प्रवक्ता डाँगीले जानकारी दिए ।