बार्षिक प्रगति समिक्षा प्रतिवेदन ः आ.ब.२०७२÷०७३

बार्षिक प्रगति समिक्षा प्रतिवेदन ः
आ.ब.२०७२÷०७३
पृष्ठभूमि तथा अवस्था ः                            मिति ः २०७३।५।२४
स्थानीय स्वायक्त शासन ऐन २०५५ले स्थानीय निकायहरुलाई स्यात्तता प्रदान गरेको छ । यस ऐन अन्तरगत बिकेन्द्रीकरण नीति कार्यान्वयन भई नागरीक वा सेवा ग्राहीले स्थानीय स्तर वा घर दैलोबाटै स्थानीय निकायले सञ्चालन गरेका हरेक गतिबिधिहरु जानकारी पाउने ब्यवस्थाको परिकल्पना गरेको छ । यसै परिप्रेक्षमा नेपाल सरकार  संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालयले स्थानीय निकाय सार्बजनिक सुनुवाई कार्यबिधि २०६७ र न्यूनतम शर्त तथा कार्यसम्पादन मापनको कार्यबिधि तयार गरी नागरिक सुशासनको बिषयमा बिशेष जोड दिएको छ । स्थानीय स्वायत्त शासन ऐनको निर्दिष्ट नीति बमोजिम स्थानीय निकायमा रहेका नागरिक एवं उपभोक्ताहरुलाई स्थानीय निकायहरुले गरेका हरेक गतिविधिहरुको बिभिन्न प्रकृया र माध्ययमबाट सरल र सहज रुपले यर्थाथ जानकारी गराउने बिभिन्न उपाउहरुको राज्यले अवलम्वन गरेको छ । यी विभिन्न प्रकृयाहरु मध्य बार्षिक समिक्षा एक महत्वपूर्ण बिषय हो । 
उद्देश्य ः स्थानीय निकायबाट सञ्चालित बिकास कार्यक्रम,उपलब्ध सेवा,बस्तु र सुबिधा सार्बजनिक गरी त्यस्ता बिषयका सम्बन्धमा सार्वजनिक थलोमा सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा स्पस्टता ल्याउने र नागरिकबाट प्राप्त रचनात्मक सुझावलाई ग्रहण गर्न तथा जिम्मेवार संस्कार बसाउन गरिने समिक्षा गर्ने कार्य प्रक्रियालाई मार्गदर्शन गर्नु यस कार्यविधिको उद्देश्य रहेकोछ ।  स्थानीय सरकारले गरेका हरेक गतिबिधिहरु सरल एवं सहज तरिकाले नागरिकलाई जानकारी गराउने र शुसासन युक्त तरिकाले जानकारी गराउने नीति तय गरेको छ ।  

उद्देश्य ः यस बार्षिक प्रगति समिक्षाका मुख्य उद्देश्यहरु निम्नानुसार छन ।
    आ.ब. २०७२÷०७३ मा सम्पन्न योजनाहरुको आम समिक्षा ।
    भै गरेका योजना र प्रशासनिक सेवा प्रभाहको गुणस्तरको मुल्याङ्गन ।
    नागरिक अभिमत र सुझाव संकलन ।
    चालु आबका लागि मार्गदर्शन माग ।
कृयाकलाव ः 
तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत श्री टोपेन्द्रबहादुर केसी ज्यूको अध्यक्षतामा मिति २०७३।५।२४ गतेका दिन तुलसीपुर न.पा. को सभाकक्षमा  दिनका १२ बजे देखि सुरु भएको थियो । उक्त कार्यक्रममा तुलसीपुर नगरपालिकाका बरिष्ठ बित्तिय अधिकृत ललितबहादुर घर्तीले स्वागत गर्नु भएको थियो भने उक्त कार्यक्रममा आ.ब. २०७२÷०७३ को आर्थिक तथा भौतिक प्रगति बिवरण ईन्जीनियर पवनकुमार योगीले गर्नु भएको थियो । उक्त अवसरमा उपस्थित सबैलाई पालैपालो आफ्नो अभिमत,राय एवं सुझाव राख्ने ब्यवस्था गरिएको थियो । सो अवसरमा बिभिन्न क्षेत्रको प्रतिनिधित्व गर्दै आउनु भएका १४ जनाले आ.ब. २०७२÷०७३ को भौतिक तथा आर्थिक प्रगति र सेवा प्रभाहका बिषमा सुझाव दिनु भएको थियो । बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु,वडा नागरिक मंचका पदाधिकारीहरु,उपभोक्ता समितिका पदाधिकारीहरु,नागरिक समाजका प्रतिनिधि,उद्योग बाणिज्य संघका प्रतिनिधि,खानेपानी,महिला,बालबालिका,अपाङ्ग,जेष्ठ नागरिक,पत्रकार,उद्योगी ब्यापारी गरी ९५ जनाको सहभागिता रहेको थियो  ।
    सरसफाईलाई प्रभावकारी बनाउने पर्ने ।
    प्लाष्टिकको प्रयोग लाई रोक्नु पर्ने ।
    नक्सापास गर्दा बाहिरका सबै कन्सलटेन्सीको पनि स्वीकृत गर्नु पर्ने  ।
    लक्षित बर्गको बजेटलाई पारदर्शि बनाउनु पर्ने  ।
    किसानका लागि सुलभ र सरल बजारको ब्यवस्था मिलाउनु पर्ने ।
    कृर्षि पकेट क्षेत्रको पहिचान गरी कृर्षक लक्षित कार्यक्रम ल्याउनु पर्ने ।
    दिर्घकालिन र जनमुखि प्रभावकारी योजना ल्याउनु पर्ने । 
    नया थपिएका वडामा टोलबिकास संस्था गठन गर्नु पर्ने ।
    जन्मदर्ता मृत्यु दर्ता जस्ता पंजिकरणलाई प्रभावकारी बनाउनु पर्ने । 
    कर्मचारी मर्यादित भई सरल र पारदर्शिरुपमा सेवा दिनु पर्ने ।
     ऋभिबल त्गकिष्उगच बलम न्चभभल त्गकिष्उगच लाई सफल बनाउन लाग्नु पर्ने

 

अध्यक्षता ः श्री टोपेन्द्र बहादुर के.सी.(कार्यकारी अधिकृत)
स्वागत तथा बिषय बस्तु जानकारी बरिष्ठ बित्तिय अधिकृत ः श्री ललित घर्ति
सहजीकरण ः श्री झरेन्द्र खरेल(एमसिपिएम फोकल पर्सन)
संचालन समय ः अपरान्ह ः १२.०० बजे 
समापना ः बेलुका ४.३० बजे
जम्मा उपस्थिति संख्या ः ९५
महिला ः 
पुरुष ः 

                                        प्रतिवेदक
                                          झरेन्द्र खरेल
                                             सुचना प्रमुख