मंगलवार कति रकम थपियो मेयर विपद व्यवस्थापन कोषमा ?

तुलसीपुर भदौ ६  । वाढीपीडितहरुलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्नका लागि वनाइएको गरिएको मेयर विपद व्यवस्थापन कोषमा रकम थपिने क्रम निरन्तर जारी रहेको छ । मंगलवार कोषमा नेपाल मगरसंघ तुलसीपुर उमहानगर समितिले १२ हजार ८ सय र ज्योतिष मेघराज आचार्यले ५ हजार ५ सय  सहयोग गर्नुभएको छ । संघका तर्फबाट सल्लाहकार एवम् केन्द्रीय उपाध्यक्ष गुरुप्रसाद घर्तिमगर र आचार्यका तर्फबाट पत्रकार गोकर्ण पौडेलले कोषका संयोजक घनश्याम पाण्डेलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा वोल्दै संयोजक पाण्डेले राहतको कार्यक्रमसँगै पुनस्र्थापना कार्यक्रमलाई पनि अगाडी वढाउनका लागि पहल गर्ने वताउनु भएको थियो । उहाँले राहतको पहिलो चरणका काम सकिएको र उपमहानगरले सुरक्षित आवासका लागि योजना निर्माण गर्न लागेको पनि वताउनु भयो । कोषमा सहयोग गर्न चाहनेले नेपाल इन्भेष्टमेन्ट वैक तुलसीपुरमा रहेको विपद व्यवस्थापन कोषको खाता नम्वर ०३१०१०४०२५१८६० मा सहयोग गर्न पनि कोषका संयोजक घनश्याम पाण्डेले अपिल गर्नुभएको छ ।