FAQs Complain Problems

भर्खरै

विद्यालय पठाउँदैमा अभिभावकत्व पुरा हुदैन : पाण्डे

विद्यालय पठाउँदैमा अभिभावकत्व पुरा हुदैन : पाण्डे

तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले राम्रो सिकाई, पढाई र कमाईका लागि अहिले देखिनै अभिभावकले ध्यान दिनुपर्ने बताएका छन् । रमाईलो पढाई तिब्र सिकाई, कक्षा १, २ र ३ का बालबालिकालाई भन्ने नारा सहित ज्ञानज्योति आधारभुत विद्यालय तुलसीपुरमा भएको पढाई मेलालाई सम्बोधन गर्दै पाण्डेले यस्तो बताएका हुन् ।

बच्चालाई जन्माएर स्कुल पठाउदैमा अभिभावकत्व पुरा नहुने भन्दै नगर प्रमुख पाण्डेले विद्यायमा गए नगएको, पठपाठनमा ध्यान दिए नदिएको सबै कुराको निगरानी गर्नुपर्ने बताए ।  कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई नेपाली विषयको पढाईको विकासकालागि एक रुपता ल्याउनु पढाई मेला आयोजना गरिएको विद्यालयले जानकारी दिएको छ । पढाई मेलामा धानचरी र जलपरी, मित्रता, राजाको बाकस, आस्थाको चस्मा,अल्छी टुल्को, शब्दजाल लगाएतका विभिन्न पाठ्यपुस्तकहरु प्रर्दशनीमा राखीएको थियो ।

त्यसैगरी विद्यार्थीले बनाएका विभिन्नखाले खेलौनाका सामग्रीले शैक्षिक मेलामा उपस्थित सहभागीहरुको ध्यान खिचेको थियो । तुलसीपुर क्षेत्रमा नमुना विद्यालयको रुपमा आफुलाई चिनाएको ज्ञानज्योती आधारभुत विद्यालयमा स्ममार्ट डिजीटल प्रविधिबाट पठनपाठन हुँदै आएको विद्यालयका प्रधानाध्यापक मेघराज घिमिरीे जानकारी दिए ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरीबहादुर विकको अध्यक्षताम भएको कार्यक्रममा, तुलसीपुर उपमहागनरपालिका शिक्षा महाशाखा संयोजक देवराज विक, तुलसीपुर उपमहागनरपालिका–५का वडाध्यक्ष वीरेन्द्रकुमार शाह, माध्यामिक विद्यालय दोघरेका प्रधनाध्यापक घनश्याम आचार्य, आधारभुत विद्यालय छोटेका प्रधानाध्यापक नारायण भण्डारी, विद्यालयका शिक्षीका उमा चौधरी लगाएतले शैक्षिक क्षेत्रको विकास विना समाज रुपान्तरणको परिकल्पना गर्न नसकिने बताएका थिए ।  पढाई मेलाको सहजीकरण गायक अमरनाथले गर्नुभएको थियो । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र युएसए आईडीको सहयोगमा कार्यक्रम भएको हो ।