विद्यालय वेरोजगार उत्पादन गर्ने थलो हुनुहुदैन ः मेयर पाण्डे

 
    तुलसीपुर, भदौ ६ गते । सार्वजनिक शिक्षा सुधारका लागि तुलसीपुर उप महानगरपालिकाले अन्तक्र्रिया एवम् छलफल कार्यक्रमको आयोजना गरेको छ । तुलसीपुर क्षेत्रका ८३ वटा विद्यालयका प्रधानाध्यापक, श्रोत व्यक्ति, जनप्रतिनिधि र सरोकारवालाहरुसँग अन्तक्र्रिया गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि मेयर घनश्याम पाण्डेले प्राविधिक शिक्षा सञ्चालन गर्न चाहने विद्यालयलाई उपमहानगरपालिकाले १० लाख रुपैया अनुदान सहयोग गर्ने समेत वताउनु भएको थियो । विद्यालयलाई शैक्षिक वेरोजगार उत्पादन गर्ने कारखाना नवनाउनका लागि सवैले आफ्नो क्षेत्रबाट वलियो भुमिका खेल्नुपर्ने आवश्यकता समेत रहेको वताउनु भयो । माटोको सुवास थाहा पाउने शिक्षा नहुँदा सम्म देशको विकास हुन नसक्ने पनि उहाँको कथन थियो । 
    ‘नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने १० विद्यालयललाई यो वर्ष १ करोड सहयोग उपलब्ध हुनेछ ’ पाण्डेले वताउनु भयो । तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्नका लागि उपमहानगरपालिकाको पहलमा मेट्रो कलेज स्थापना गर्न लागिएको पनि उहाँले वताउनु भयो । शिक्षा क्षेत्रलाई सुधार्नका लागि कुनै एकले भन्दा पनि सवैले पहल गर्नुपर्ने वताउदै उहाँले सामुदायिक शिक्षाको गुणस्तर अभिवृद्धिका लागि शिक्षकहरुले जिम्मेवारीवोध भएर काम गर्नुपर्ने आवश्यकता रहेको पनि वताउनु भयो । ‘शिक्षा क्षेत्रलाई अरुले सुधारिदेला भनेर आश गर्नुभन्दा पनि शिक्षा क्षेत्रकै व्यक्तिहरुले पहल गर्नुपर्दछ ’
  वालवालिकाहरुलाई विद्यालयप्रति आकर्षित गर्नका लागि वालमैत्री वातावरण निर्माणमा शिक्षकले महत्वपूर्ण भुमिका खेल्नुपर्ने वताउँदै त्यस्ता विद्यालयहरुलाई प्रोत्साहन स्वरुप सहयोग गर्ने पनि उहाँले वताउनु भयो ।
तुलसीपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले उपमहानगरले शिक्षकको तलव सुविधा र प्रशासनिक खर्च  विद्यालयमा निकासा गर्ने प्रक्रियाका वारेमा जानकारी गराउनु भएको थियो । 
 कार्यक्रमका विशिष्ट अतिथि जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले शिक्षकहरुलाई पढाउनमा भन्दा पनि दरवन्दी मिलानमा वढि चासो हुनु दुखको कुरा भएको वताउदै शिक्षकहरु अनुशासित भए मात्रै विद्यार्थीहरु अनुशासित हुने पनि वताएका थिए । विद्यालयप्रति अभिभावको विश्वास संकटमा पर्न नदिनका लागि सवै पक्ष एकतावद्ध भएर लाग्नुपर्ने वताउनु भयो । 
 गुरु जजुर मावि रक्षाचौरका प्रधानाध्यापक विष्णुप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा श्रोत व्यक्ति विष्णु केसीले विषयको जानकारी गराउनु भएको थियो । अमर मावि उरहरीका प्रधानाध्यापक विष्णु केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण श्रोत व्यक्ति मुकुन्द रिजालले गर्नुभएको थियो ।