समाचार

 मिति २०७४ आषाढ १४ गते सम्पन्न स्थानीय तह निर्बाचनबाट तुलसीपुर उपमहानगरपालिकामा निर्बाचित प्रमुख घनश्याम पाण्डे ,उप प्रमुख माया शर्मा र १९ जना वडा अध्यक्षहरुले मिति २०७४।३।२५ गते सपथ ग्रहण पछि पदबहाली गर्नु भएको छ । प्रमुख ,उप प्रमुख र वडा अध्यक्षहरुलाई निर्बाचन अधिकृत गणेश आचार्यले सपथ ग्रहण गराउनु भएको थियो भने अन्य निर्बाचित सदस्य हरुलाई नगरप्रमुख घनश्याम पाण्डेले सपथ ग्रहण गराउनु भएको थियो । सबै वडा अध्यक्षहरुले पदबहाली गरी कार्यारम्भ समेत गर्नु भएको छ