सरसफाई अभियानले तुलसीपुर वसपार्क सफा गर्ने

तुलसीपुर, भदौ ५ । हाम्रो तुलसीपुर, राम्रो तुलसीपुर भन्ने नाराका साथमा तुलसीपुर उप महानगरपालिकाले सञ्चालन गरेको सरसफाई महा अभियानको ५३ औ श्रृखलाको कार्यक्रम नयाँ वसपार्कमा हुने भएको छ । तुलसीपुरलाई सफा र हरित नगरका रुपमा विकास गर्नका लागि थालिएको अभियानको सरसफाई अभियानमा न्युरोड,, सिर्जना, नवसिर्जना, नवज्योति, सम्झना, अम्विकेश्वरी, ज्योतिनगर, रामनगर लगायतका टोलविकास संस्थाको सहभागिता रहने विपद् व्यवस्थापन तथा वातावरण समितिका संयोजक नवराज लामिछानेले वताउनु भयो । अभियानमा सम्वन्धित ठाउँकै मानिसहरुलाई संलग्न गराउँदा उनीहरुको सरसफाई प्रतिको दायित्व वढेर जाने भएकाले टोलविकास संस्थाहरुलाई सक्रिय पारिएको समाज कल्याण अधिकृत टोपवहादुर डाँगीले वताउनु भयो । तुलसीपुर वसपार्कको पिपलवोटबाट विहान ७ वजेदेखि सुरु हुने अभियानमा सहभागिताका लागि संयोजक लामिछानेले सवैलाई अनुरोध गर्नुभएको छ ।