सरसफाई अभियान ५३ औ हप्तामा 

तुलसीपुर भदौ ६ । तुलसीपुर उपमहानगरपालिकाले नगरलाई सफा र स्वच्छ वनाउने उद्देश्यले सञ्चालन गरेको हाम्रो तुलसीपुर राम्रो तुलसीपुरको ५३ औ हप्ताको सरसफाई कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुरको वसपार्कमा स्थानीय टोल विकास संस्थाको सक्रियतामा उपमहानगरले सरसफाई कार्यक्रम सञ्चालन गरेको हो । सरसफाई अभियानको प्रारम्भ गर्दै मेयर घनश्याम पाण्डेले तुलसीपुरलाई हरित नगरका रुपमा विकास गर्न आफु प्रतिवद्ध भएर लाग्ने वताउनु भएको थियो । उहाँले हरेक नागरिकले सरसफाईमा चासो दिएमात्रै तुलसीपुर सफा गर्ने अभियानले सार्थकता पाउने वताउनु भयो । तुलसीपुरमा रहेको राप्ती ववई क्याम्पसले नेतृत्व गरेको कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावत, राप्ती ववई क्याम्पसका अध्यक्ष गोपिनाथ योगी, क्याम्पस प्रमुख लक्ष्मण रेग्मी, पदम पोख्रेलले मन्तव्य राख्नु भएको थियो । सरसफाई अभियानमा तुलसीपुर नगर विकास, तुलसीपुर नगर जेसिज, रोटरी क्लव, रोट्रयाक संगै न्युरोड,, सिर्जना, नवसिर्जना, नवज्योति, सम्झना, अम्विकेश्वरी, ज्योतिनगर, रामनगर लगायतका टोलविकास संस्थाको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सुचना अधिकृत झरेन्द्र खरेलले गर्नुभएको थियो ।