सवारी पार्किङ्ग सम्बन्धी उप महानगरपालिकामा भएको निर्णय

सवारी पार्किङ्ग सम्बन्धी उप महानगरपालिकामा भएको निर्णय

तुलसीपुर उप महानगरपालिकाको मुख्य बजार क्षेत्रमा बिहान र बेलुका पख बढि मानबीय चापलाई मध्यनजर गरी बिहान ९ बजे देखि बेलुका ११ बजे सम्म कुनै पनि मालबाहक गाडीहरुले सामान लोड अनलोड नगर्ने सहमति भएको छ । उप महानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको अध्यक्षता र सबै यातायात ब्यवसायी समिति ट्राफिक प्रतिनिधि बीच उक्त सहमति भएको हो । साथै बैठकले पाकिङ्ग सेवा नभएका यातायात समितिहरुका लागि पार्किङ्ग ब्यवस्थापनको खोजि गर्ने समेत निर्णय गरेको छ ।