FAQs Complain Problems

भर्खरै

स्वास्थ्यचौकीमै फुर्ड कर्नर स्थापना

स्वास्थ्यचौकीमै फुर्ड कर्नर स्थापना

तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाले पहिलो पटक स्वास्थ्य चौकीवाट स्वास्थ्य शिक्षा दिने उद्देश्यले तुलसीपुर १७ मानपुर स्वास्थ्य चौकीमा फुर्ड कर्नरको स्थापना गरेको छ । कपोषित बालबालिकालाई कसरी उपचार गर्ने र यसबाट बच्ने उपायका बारेमा जानकारी दिने उद्देश्यले खानाका परिकारहरु सहित कर्नरको स्थापना गरिएकोे छ । तुलसीपुरमा पहिलो पटक स्थापना गरीएको फुर्ड कर्नरको नगर प्रबक्ता श्याम डाँगीले उद्घाटन गरेका छन् । सो कार्यक्रममा बोल्दै प्रबक्ता डाँगीले तुलसीपुर नगरलाई स्मार्ट हेल्थ सिटि वनाउने अभियान अन्र्तगत यस्तो कार्यको थालनी गरिएको जानकारी दिएका छन् ।
सो अवसरमा स्वास्थ्य महाशाखाका प्रमुख डा गोकर्ण दाहालले स्वथ्य रहनका लागी खानाको परिकारलाई ध्यान दिनु पर्ने बताएका छन् । साथै उनले बालबालिकालाई कुपोषित कसरी बचाउन सकिन्छ भन्ने बारेमा फुर्ड कर्नरले सहयोग पुग्ने बताएका छन् । यस्तै मानपुर चौकी स्वास्थ्य चौकी प्रमुख कृष्ण वहादुर केसीले कर्नरको लागी छुट्टै भवनको व्यवस्था गरेमा अझ सहज हुनेमा जोड दिएका छन् । स्वास्थ्य चौकीका पोषण फोकल पर्सन सिनियर अहेव अधिकृत ईश्वरी प्रसाद चालिसेले यस कार्यले कुपोषणमा न्युनिकरण गर्नमा सहयोग पुग्ने बताएका छन् । कार्यक्रमको सहजीकरण स्वास्थ्य महशाखाका जनस्वास्थ्य निरिक्षक विमल केसीले गरेका थिए । साथै यसै वर्ष तुलसीपुर १२ टरिगाउँमा पनि फुर्ड कर्नरको स्थापना गर्न लगीएको स्वास्थ्य महाशाखाले जानकारी दिएको छ । तुलसीपुरमा आठ वटा स्वास्थ्य चौकी रहेका छन् ।