FAQs Complain Problems

भर्खरै

२ अर्ब ३४ करोडको बजेट ल्यायो तुलसीपुर उपमहानगरले

१० असार । तुलसीपुर उपमहानगरपालीकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि २ अर्ब ३४ करोड ३७ लाख ६४ हजारको बजेट ल्याएको छ ।तुलसीपुर उद्योग बाणिज्य संघको सभा हलमा जारी सभाबाट उपमहानगरपालीकाले ,स्वास्थ्य, कृषि, शिक्षा र कोरोना रोकथाम तथा नियन्त्रणलाई प्राथकिमकतामा राखेर बजेट ल्याएको हो ।बजेटमा एक वडा एक व्यावसायिक कृषि फर्म, व्यावसायिक किसानहरुलाई आवश्यक अनुदान, वैदेशिक रोजगार र श्रम बैंकमा एक घर एक रोजगारका लागि आवश्यक बजेट विनियोजन गरेको तुलसीपुर उपमहानगरपालीकाले जनाएको छ ।https://www.mayorkhabar.com/