FAQs Complain Problems

भर्खरै

“क्लिन तुलसीपुर, ग्रीन तुलसीपुर १३४ औँ हप्तामा”, समाजसेवी लामिछानेद्वारा डस्टबिन सहयोग

“क्लिन तुलसीपुर, ग्रीन तुलसीपुर "
“क्लिन तुलसीपुर, ग्रीन तुलसीपुर "

तुलसीपुरमा जारि क्लिन तुलसीपुर ग्रीन तुलसीपुर अभियान आज मगलबार १३४ औँ हप्तामा प्रवेश गरेको छ । आज सरसफाई अभियानमा हातेमालो गर्न भन्दै तुलसीपुरका समाजसेवि प्रमोद लामिछानेले दस हजार बराबरको डस्टबिन सहयोग गरेका छन् ।

सो अवसरमा बोल्दै लामिछानेले तुलसीपुर बजारलाई सरसफाई राख्ने अभियान निकै उदाहरणीय रहेको भन्दै आफुले बजारमा ठुला–ठुला फोहोर राख्न मिल्ने कन्टेनर समेत सहयोग गर्ने योजना बनाएको बताए । उनले भने– “म प्रायः जसो काठमाडौंमा बस्ने गर्दछु तर साथीहरुको उत्साहजनक सहभागीतामा हुने सरसफाई अभियानमा सहयोगी बन्ने ईच्छा शक्ति पैदा भएको छ” ।कार्यक्रममा सहभागीहरुले आज हातमा झाडु पनि बोकेका थिएनन न त बाटोमा देखेको फोहोर नै संकलन गरेका थिए । उनिहरुले अनुगमन र सुझाव मात्रै दिएर सरसफाई अभियानको समापन गरेका थिए । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा कार्यक्रममा सरसफाई संयोजक नबराज लामिछानेले सरसफाई ऐन अन्तर्गत आफुहरु नियम अनुसार अगाडि बढने बताए । उनले भने– “हामी जनप्रतिनिधिको दायरामा रहेर बजारलाई सफा र हरियो बनाउने कार्यमा निरन्तर लागि परेका छौ, यसमा कसैले अटेरि र असहयोग गर्छ भने नियम अनुसार कारवाही गर्न तयार छौ ।”

कार्यक्रममा बोल्दै राप्ती बस समितिका अध्यक्ष सुरेश हमालले बजारमा साँघुरा सडकको स्तरवृद्धि गर्दै जानुपर्नेमा जोड दिए । उनले तुलसीपुर बजारलाई सफा राख्नु सबैको उत्तिकै दायित्व रहेको भन्दै सबैले यो अभियानमा सहयोगीको भूमिका खेल्नुपर्ने धारणा राखेका थिए ।

सो अवसरमा तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विरबहादुर रावतले आफुहरुले सुरु गरेको सरसफाई अभियान १३४ आंै हप्तामा पुगेकोमा खुसि व्यक्त गर्दै यो अभियानमा यस क्षेत्रका हरेक नागरिकको समेत सहभागीता हुनुपर्नेमा जोड दिए । कार्यक्रममा निवर्तमान अध्यक्ष एवं सरसफाई अभियान्ता बिमल रिजालले जनप्रतिनिधिहरुको सहभागीतामा सञ्चालन भैरहेको सरसफाई अभियानलाई निरन्तरता दिन आफुहरु सधैंभरि सहयोगीको भूमिकामा रहने बताए । उनले उपमहानगरपालिकाले सबैलाई समेटेर टोलहरुमा समेत सरसफाई
अभियानलाई उत्साहजनकरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।