तुलसीपुर नगरपालिकाको आ.ब. २०७२÷०७३ को तेस्रो तथा अन्तीम सार्बजनिक सुनुवाई सम्पन्न

आ.ब. २०७२÷०७३ को तेस्रो सार्बजनिक सुनुवाई सम्पन्न
भएको छ । तुलसीपुर नगरपालिका वडा नं. १५ को संयुक्त वडा कार्यालयमा मिति २०७३।३।२६ गते दिनको १२ बजे बाट सुरु भएको सार्बजनिक सुनुवाईमा ३ दर्जन ब्यक्तिहरुले आ आफ्नो धारणा राखेका थिए । उनिहरुले गाबिस नगरपालिकामा गाभिए पछि नगरपालिकाको अनुभूति हुने खालका बिकास निर्माणका सेवा पाउनु पर्ने धारणा राखेका थिए । उक्त अवसरमा तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र बहादुर केसी,ई पवन कुमार योगि, लेखा अधिकृत पुस्कररिजाल र सूचना अधिकारी झरेन्द्र खरेललेले सहभागिबाट उठेको जवाफ दिनु भएको थियो । तुलसीपुर मिडिया सेन्टरका अध्यक्ष गोपाल शर्मा भट्टराईले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो ।