बाढिपिडितले कालो दिन मनाए

बाढिपिडितले कालो दिन मनाए ।
२०७१ साल साउन २९ र ३० गते आएको बाढिले तुलसीपुर नगरपालिका वडा नं. २० को मोतिपुरमा धनजनको क्षेति पुरयाएको थियो । आज सोहि दिनका सम्झना गर्दै स्थानीय बासीले कालो दिनको संझनामा एक कार्यक्रमको आयोजना गरेका छन ।
 कार्यक्रममा बक्ताहरुले बाढिको नजिक भएको बस्तीका बासिन्दाहरुले बिपतका सन्दर्भमा पूर्ब तयारी अपनाउनु पर्ने, सम्बन्धीत निकायहरु संगको सम्बन्ध बनाउनु पर्ने,जोखिम क्षेत्रका बासिन्दाहरु सचेत रहनु पर्ने कुरामा जोड दिएका थिए ।
तुलसीपुर नगरपालिका वडा नं. २० का वडा सचिव केशव डागीको प्रमुख आतिथ्यता एवं बाढिपिडित संरक्षण समितिका संयोजक धनबीर चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्षेत्र बहादुर बस्नेत,लिलाध्वज बस्नेत,अमरबहादुर बस्नेत,शुशिल डागी,यज्ञ बहादुर खत्री,रुपा चौधरी,बुद्धिकला डागी लगाएतले बोल्नु भएको थियो ।