आदरणिय नगरबासिहरुमा हार्दिक आवहान ।

    तुलसीपुर नगरपालिका कार्यालय तुलसीपुर दाङ्गको
आदरणिय नगरबासिहरुमा हार्दिक आवहान ।

१. भवन निर्माण गर्दा नक्सापास अनुमतिपत्र लिएर मात्र निर्माण कार्य शुभारम्भ गर्ने गरौं ।
२. तुलसीपुर नगरपालिकाको लिखित अनुमति बिना नया सार्बजनिक सडक खोली घडेरी बिक्रिबितरण गर्ने कार्य नगरौं । 
३.तुलसीपुर नगरपालिका वडा नं. ५ स्थित नयाबसपार्क क्षेत्र लगाएत अन्य स्थानको सार्बजनिक जग्गामा भवन निर्माण गरी सरकारी जग्गा अतिक्रमण गर्ने कार्य नगरौं ।
४.चौपायाहरु छाडारुपमा नछाडौं घरमै बा“धेर पाल्ने ब्यवस्था मिलाऔं ।
५.घडेरी खरिद बिक्रि गर्दा सडक,खानेपानी,बिद्युत,टेलिफोन जस्ता अत्यावश्यक सेवा सुबिधालाई मध्यनजर राख्दै खरिद बिक्रि गर्ने गरौं ।
६.आ–आफ्नो घर आगनको फोहर यत्रतत्र नफ्याकौं ,संकलन गरी नगरपालिकाको फोहर उठाउने टे«क्टर तथा टिप्परमा मात्र खसालेर सभ्य नागरीकको पहिचान दियौं ।
७.कुलो लाई निकास मानेर घडेरी खरिद बिक्रि गर्ने गरी शहरीकरण अब्यवस्थित हुने कार्य नगरौं ।
८.जन्म,बिवाह,बसाई सराई,सम्बन्ध बिच्छेद,मृत्यू जस्ता ब्यक्तिगत घटनाहरुलाई समयमै दर्ता गराई कानूनी मान्यता प्राप्त गरौं ।
९. शहरी सडक, सडकका दाया बाया किनारा तथा चौराह(चोक) मा यातायातका साधनहरु खडा गरी सवारी आवागमनमा असुबिधा पु¥याउने  तथा अप्रत्यासित सवारी दुर्घटना हुने अवस्था श्रृजना नगरौं ।
१०. १६ बर्ष मुनिका बालबालिकाहरुल्ाँई श्रमिकको रुपमा कामलगाई शिक्ष्ाँको उज्यालो घाम बाट बन्चित हुने जस्ता कार्यहरु नगरी बिद्यालय जाने अवसर प्रदान गराउदै ममतामयी बात्सल्यता प्रदान गरौं ।
११.आ–आफ्नो वडामा बिकास निर्माण आयोजनाहरु छनोट गर्दा वडास्तरिय जनभेला गराई सर्बपक्षिय हित हुने आयोजनालाई प्राथमिकता प्रदान गर्न योगदान पु¥याऔं ।
१२. सार्बजनिक सडक अतिक्रमण गरेर तरकारी तथा फलफूल लगाएत अन्य कुनै पनि पसल ,ब्यापार,ब्यवसाय संचालन नगरौं ।
१३.नगरपालिका क्षेत्र भित्र उद्योगधन्दा,ब्यापार ब्यवसाय,संचालन गर्दा तुलसीपुर नगरपालिका कार्यालयमा दर्ता गराई दर्ता प्रमाणपत्र लिएर मात्र शुरु गर्ने गरौं ।
१४.प्रचलित ऐन कानुनले निषेध गरेको कुनैपनि ब्यापार ब्यवसाय संचालन गर्ने दुस्प्रयास नगरौं ।
१५. बीस माईक्रोन भन्दा कमको पलाष्टिक प्रयोग नगरौं,स्वच्छ,सफा ,हराभरा,प्रदुषण मुक्त शहर भाबी सन्तति लाई हस्तान्त्रण गर्ने प्रण गरौं ।
१६. भवन निर्माण सामग्रि सार्बजनिक सडक अतिक्रमण गरेर राख्ने कार्य आजै देखि अन्त्य गरौं,जिम्मेवार नागरिकको भूमिका निर्वाह गरौं ।
१७. स्थानीय स्वात्तशासन ऐन २०५५ तथा स्थानीय स्वात्तशासन नियमावलि २०५६ बमोजिम नगरपालिकाले निर्धारण गरेको कर,शुल्क,महशुल समयमै बुझाउनु भई बिकास निर्माणको कार्यमा सक्रिय सहभागिकारुपमा योगदान पु¥याईदिनुहुन हार्दिक अनुरोध छ । 

                                        तुलसीपुर नगरपालिका,दाङ