स्वागतम


१. पृष्ठभूमि तथा अवस्था ः तुलसीपुर नगरपालिकाको स्थापना २०४८ सालमा भएको हो । तत्कालिन अवस्थामा तुलसीपुर र अमृतपुर गाउ पञ्चायहरु मिलाएर बनेको थियो भने २०७२ साल मंसिर १६ गतेको मन्त्रीपरिषदको निर्णय बमोजिम यस नगरपालीकामा साविक गा.वि.स. हलवार,टरिगाँउ र उरहरी मिलेर पुन ः नया नगरपालिकाको नवसंरचना कायम भएको छ । हाल यस नगरीमा २० वटा वडा बनेका छन । नगरको पछिल्लो बिस्तार संगै यसको आन्तरिक आय बृद्धि लाई प्रभाकारी बनाएमा भविश्यमा उप महानगरपालिकाको ढोका खुल्ला भएको छ । वडा नं. ५ पुर्ण शहरी,वडा नं. ४,६,८ र ९ शहर उन्मुख र अन्य वडाहरु ग्रामिण क्षेत्रमा छन भने वडा नं. ७,१७,१६ पुरै पहाडी वडाका रुपमा रहेको छ । भौगोलिक बिषमता पनि तुलसीपुर नगरपालीकाको एउटा विशेषता बनेको छ । पुर्वमा विजौरी गाविस उत्तरमा सल्यान जिल्ला फलाबाङ्ग गाबिस दक्षिणमा फुलवारी गा.वि.स र पश्चिममा हेकुली गा.वि.स रहेको छ भौगोलिक विस्तारको हिसावले हेर्ने हो भने यस नगरपालीका महाभारत पहाड देखि सरयुगंगा नदि सम्म फैलिएको छ । यस नगरपालिकाले २११ बर्ग किमि क्षेत्रफल ओगटेको छ । समुन्द्री सतह देखि ५९२ देखि २०५० मिटर को उचाईमा नगरपालिका आसिन छ । बिगतको द्धन्दमा राप्ती अञ्चल ज्यादै प्रभाबित भएकोले मानवीय जीवन जिउन बिविध कारणले शहरी क्षेत्र अनुकुल हुने भएकै कारण तुलसीपुरमा बसाईसराई ज्यादै बढेको देखिन्छ । कम आन्तरिक आय भएको यस नगपालिकाको माग र आपुर्ति बीच सन्तुलन कायम हुन सकेको छैन । बढदो शहरीकरणले बिकासको चौतर्फि क्षेत्रमा सम्बोधन गर्न नगरलाई हम्य हम्य बनाएको छ । २९ किमिको दुरीमा पूर्ब पश्चिम राजमार्ग संग सिधै कालोपत्रे बाटोको सम्बन्ध,राप्तीका पहाडि जिल्लाहरु सल्यान,रुकुममा कालोपत्रेबाटो सहितको सम्बन्ध र रोल्पाको केहिभागको सम्बन्ध र दाङ्ग–सुर्खेत सडकका कारण यो नगरीको भविश्य उज्ज्वल देखिन्छ । तुलसीपुर गनरपालिका वडा नं. १२ मा रहेको यरपोर्टबाट हाल संचालनमा रहेको हवाई सेवा राप्ती अञ्चलकै आशा एवं भरोसाको मुख्य बिषय बनेको छ । निजि क्षेत्रको यएर लाईन्स संचालनमा ल्याई प्रभावकारी सेवा दिनु उपयुक्त देखिन्छ । २०३० सालमा तत्कालित अञ्चलाधिस चन्द्रमान थकालीका पालामा नगरनिर्माण समिति गठन भई आधुनिक शहरका रुपमा बिकसित यो नगर पछिल्लो समयमा बाटो र खुल्ला क्षेत्रको अलि साघुरो घेरामा परेको अनुभव भएको छ । हाल रिङ्गरोडको निर्माण कार्य आरम्भ, आधुनिक बसपार्कको निर्माण कार्यका लागि नगरबिकास कोष संग संझौता हुनु , भवन निर्माण आचारसंहिता लागु गर्नु लगाएतका नगरबिकासका राम्रा एवं प्रभावकारी सूचकहरु हुन । तुलसीपुर नगरपालिका मनोरम एवं पर्यटकिय क्षेत्रका हिसावले समेत अब्बल रहेको छ । तुलसीपुर नगरपालिका वडा नंं १६ को चमेरे गुफा,वडा नं. ३ को राप्ती शान्ति उद्यान,वडा नं. २०को दंगिशरण राजाको दरबार,वडा नं. ६ को त्रीसिद्धेश्वरी मन्दिर,वडा नं. ८ को राधाकृष्ण मन्दिर,वडा नं.१८ को सितलपुर मन्दीर,वडा नं. १३ को गौरीगाउ ताल,वडा नं. ७ को ऐतिहासिक शक्तिपिठ थरकोट लगाएत का अति मनोरम तथा पर्यटकिय क्षेत्रहरु रहेका छन । यी क्षेत्रहरुको भौतिक पर्बाधार,संरक्षण र बिकास गरी प्रमुख पर्यटकिय स्थल बनाई आन्तरिक आय बनाउनु जरुरी बनेको छ । बिद्युत,टेलिफोन ७ नं. बाहेक सबै वडामा पुगेको छ । तुलसीपुर क्षेत्रमा बैकिङ्ग तथा संचार संबद्ध संस्थाहरुको राम्रो बिकास भएको छ । यस नगरका अधिकांश वडाहरु ग्रामिण तथा कृषि योग्य भएकोले सिंचाई र उन्नत बीउ मलको उचित प्रबन्ध गरी आधुनिक कृषि प्रर्णालीको बिकास गर्नु जरुरी छ । स्वरोजगारको ब्यवस्था,आधुनिक कृषि प्रर्णाली र प्राबिधिक शिक्षाको अधिकाधिक बिकास बाट बैदेशिक रोजगारका लागि जाने युवा रोक्ने कार्यक्रम ल्याउनु जरुरी देखिन्छ । बार्षिक रुपमा हजारौं शिक्षित हुने यस नगरीमा रोजगारीका लागि औद्योगिक क्षेत्र तथा अन्य अवसर नहुदा शिक्षित बेरोजगारको संख्या बढेको छ । यसका लागि केन्द्रिय सरकारको नीति बमोजिम स्थानीय सरकारले पनि स्वरोजगारमुखि कार्यक्रम तथा सीप बिकास र क्षमता बिकासका बिविध कार्यक्रमहरु नगरपरिषदबाट केही हदसम्म सम्बोधन गर्दै आएको छ । तथापि यस सम्बन्धमा राष्ट्रिय रुपमै स्थिति बिकराल बनेको बेला यो नगरी पनि अछुतो भने छैन । नगरको आन्तरिक आयलाई बढावा गर्न करप्रर्णालीलाई चुस्त दुरुस्त बनाईएको छ । आन्तरिक आयका श्रोतहरुको पहिचान गरी आय बृद्धिमा समेत प्रयाको थालनी गरिएको छ ।

Supporting Documents: