FAQs Complain Problems

भर्खरै

खेलकुद राष्ट्रको शान र गौरवलाई उच्च राख्ने एक मात्र दरिलो माध्यम हो: मेयर पाण्डे

दाङको तुलसीपुरमा प्रथम दुधेना कप फुटबल प्रतियोगिता २०७५ सुरु भएको छ । दुधेना फुटबल क्लब तुलसीपुर उपमहानगरपालिका वडा नं ८ को आयोजनामा संचालन गरिएको प्रतियोगिताको उद्घाटन सनिबार तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले गरेका हुन । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर पाण्डेले व्यवसायीक खेलकुद अबको गन्तव्य भएकाले दाङको समृद्धी र पहिचानको रुपमा खेलकुदको विकास गर्नु पर्ने बताएका छन ।

अवको खेलकुद दाङको पहिचान र गरिमालाई उच्च राख्ने खालको बन्छ, यसका लागि यहाँहरु सबैको उत्तिकै भुमिका आवश्यक छ उनले भने । खेलकुद राष्ट्रको शान र गौरवलाई उच्च राख्ने एक मात्र दरिलो माध्यम हो, यसको अपरिहार्यता हामीले बुझेका छौ अव हाम्रो मिशन तुलसीपुरलाई खेलकुदको शहरका रुपमा स्थापीत गर्नु हो मेयर पाण्डेले भने । वर्षका ३ सय ६५ दिन कुनै न कुनै खेल गतिविधी गर्ने कार्ययोजनाका साथ नगर स्तरिय खेलकुद कार्यविधी बनाएरै गतिविधी अगाडी वढाउने समेत उनले बताएका छन ।

जिल्ला खेलकुद विकास समिति दाङका अध्यक्ष डिल्ली बहादुर डाँगीले मानव स्वास्थ्य संग प्रत्यक्ष जोडिएको खेलकुदको विकास विना देशको समृद्धी असम्भव रहेको बताउनु भएको छ । साथै उनले खेलकुदलाई स्थानिय निकायले दृष्टीकोण साधुरो भएको बताएका छन । विकास, अनुशासन र गतिशिलतालाई खेलाडीले उच्च आर्दशका साथ पालना गर्ने र राज्यको स्पष्ट लगानी भए खेलकुद क्षेत्रले अपेक्षाकृत फड्को मार्ने उनले बताएका छन ।