FAQs Complain Problems

भर्खरै

टरिगाउँ बिमानस्थलमा ‘टर्मिनल’ भवनको सिलन्यास :‘नियमित बिमान चल्ने बिषयमा शंका छैन’

टरिगाउँ बिमानस्थलमा ‘टर्मिनल’ भवनको सिलन्यास :‘नियमित बिमान चल्ने बिषयमा शंका छैन’

तुलसीपुर, 
२१-माघ /  दाङको टरिगाउँ बिमानस्थलमा निर्माण हुन लागेको टर्मिनल भवनको सिलन्यास गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सोमबार टर्मिनल भवनको सिलन्यास गरिएको हो ।

नियमित हवाईसेवा सञ्चालन हुन थालेपछि यात्रुहरुको सहजताका लागि टर्मिनल भवन निर्माण गर्न थालिएको हो । ५८ लाख २७ हजार रुपैँया लगातमा शौचालयसहित यात्रुहरुका लागि हल, सुरक्षा जाँच, एयरलाईन्सकोलागि दुईवटा कोठा, यात्रुहरुको सबै सामान जाँच गरिसकेपछि बाहिर निस्कन नमिल्ने खालको भवन निर्माण हुने ईञ्जिनियर युवराज रिजालले बताए ।

उनका अनुसार २४ मिटर लम्वाई र १२ मिटर चौडाई रहेको उक्त टर्मिनल भवन निर्माणको जिम्मा न्यू आस्टिना निर्माण सेवाले लिएको छ । चालुआर्थिक बर्षको असारसम्म निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ ।

टरिगाउँ बिमानस्थलमा नियमित हवाईसेवा सञ्चालन भएपनि पुरानो टर्मिनल भवन जीर्ण हुँदा यात्रुहरुलाई असहज हुने भएकाले नयाँ भवन निर्माणको शुरुवात गरिएको टरिगाउँ तथा नेपालगंज ऐयरपोर्टका प्रमुख प्रेमनाथ ठाकुरले बताए । ‘पुरानो भवन जीर्ण रहेकाले यात्रुहरुलाई असहज हुने गरेको थियो’ उनले भने ‘ त्यसैले नयाँ टर्मिनल भवन निर्माणको कार्यलाई अगाडि बढाएका हौं ।’

यसैबीच भवन सिलन्यास पूर्ब भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आईतबार भएको प्रदेश नं. ५ को आधारपत्रमा तुलसीपुरको टरिगाउँ बिमानस्थल स्टरबृद्धि भनि समाबेश भएकाले अब बिमान सेवा नियमित बन्नेमा शंका गर्नुपर्ने अबस्था नरहेको बताए ।

बिमानस्थलमा धावनमार्ग बिस्तार गरि १५ सय मिटर बनाउनका लागि कुनै समस्या नरहेको र अस्थायी ईन्धन डिपो ल्याउने बिषयमा पनि प्रक्रिया अगाडि बढिरहेको उनको भनाई छ ।
‘ तुलसीपुरमा अहिले अस्थायी डिपो आईसक्ने थियो, तर नयाँ जिएम भएकाले उहाँले अध्ययन गरेपछि मात्रै अस्थायी डिपो पठाउछु, भनेपनि रोकिएको छ’ उनले भने ‘ तर अबको केही समयमा आउछ ।’

दुईवटा ट्याङ्क, रिफुलर मेसिन आउने उनको भनाई छ । साथै स्थायी ईन्धन डिपो निर्माणका लागि जग्गा खोज्ने कार्यपनि भईरहेको उनले बताए । ‘ स्थायी ईन्धन डिपो निर्माणका लागि हामीले एयरपोर्टबाटै नजिक पर्ने ठाउँमा जग्गा खोजीरहेका छौ’ उनले भने ‘ सम्भवतः महेन्द्र माबिको तीन बिघा जग्गा भाडामा लिएर त्यसमै डिपो निर्माण गर्छौ ।’ डिपो निर्माण भएमा नियमित हवाई सेवा सञ्चालन गर्न कुनै कठिनाई नहुँने र दैनिक दुईसय यात्रुलाई सोही बिमानस्थलबाट आवतजावत गराउन सकेमा दाङको पर्यटनको बिकास हुने पनि उनको भनाई थियो ।

अर्को प्रसंगमा दाङमा अन्तराष्ट्रिय बिमानस्थल निर्माण गर्ने सन्दर्भलाई जोड्दै उनले भने ‘ सरकारले अहिले ६-७ ठाउँमा अन्तर्राष्ट्रियस्तरका बिमानस्थल बनाउन शुरु गर्ने योजना बनाएको छ, एकै पटक यतिधेरै अन्र्राष्ट्रियस्तरका बिमानस्थल बनाउदा आर्थिक धान्न कठिन हुन्छ ।’ त्यसैले दाङमा अहिले जग्गा खोजेर राख्ने र केही समय पनि निर्माणको प्रक्रियालाई अघि बढाउँदा उचित हुने उनको भनाई थियो ।

ऐयरपोर्टका प्रमुख प्रेमनाथ ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाज दाङका पूर्बसंयोजक टिकाराम रेग्मीले २०११ सालदेखि सञ्चालनमा आएको उक्त बिमानस्थलमा पुराना प्रबिधि जडान गरिएको भएपनि अहिले ति सामाग्री प्रयोगमा नआएको भन्दै प्रयोगमा ल्याउन पनि अनुरोध गरे ।

कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावतलगायतले मन्तब्य ब्यक्त गरेका थिए । तुलसीपुर उपमहानगरपालिकाका प्रबक्ता सूर्यबहादुर डाँगीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण प्रेससंयोजक बसन्त आचार्यले गरेका थिए ।