FAQs Complain Problems

भर्खरै

तुलसीपुरका जनप्रतिनिधिले दिए कोरोना कोषमा १८ लाख

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले कोरोना विपद् कोषमा १८ लाख १३ हजार सहयोग गरेका छन् । कोरोना संकटको समयमा जनतालाई सहजता होस् भन्नका लागि जनप्रतिनिधिहरुले एक महिना बराबरको सहयोग गरेको नगर प्रवक्ता श्याम डाँगीले जानकारी दिए ।विपद्को घडीमा जनताको पिडा कम गर्न सकियोस् भनेर सहयोग गरिएको पनि प्रवक्ता डाँगीले जानकारी दिए । कोषमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्य लगायतले सहयोग गरेका छन् ।http://khabarshala.com/