FAQs Complain Problems

भर्खरै

तुलसीपुरमा २३ विद्यालय मर्जको प्रस्ताव

तुलसीपुरमा २३ विद्यालय मर्जको प्रस्ताव

तुलसीपुर उपमहानगरपालिका कार्यपालिकाको बैठकले नगर भित्रका २३ वटा सामुदायिक विद्यालयहरु मर्जको प्रस्ताव पारित गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको ५४ औं बैठकले विद्यार्थी संख्या न्युन रहेका २३ विद्यालय मर्ज गर्ने प्रस्ताव गरेको हो । “नगर सभाले पारित गरेपछि आगामी शैक्षिक सत्रबाट यो लागु हुनेछ” शिक्षा संयोजक देवराज विकले बताए । उनले शैक्षिक गुणस्तर वृद्धिका साथै राज्यको लगानीको सदुपयोग होस् भन्नका लागि यस्तो प्रस्ताव गरिएको बताए ।

उनले विद्यालय मर्ज भएपनि शिशु कक्षा यथावत रहने वताउँदै क्रमशः विद्यार्थी संख्या वढ्दै गए विद्यालय सञ्चालन गरिने बताए । नगर कार्यपालिकाको वैठकले चैत्र २० गतेभित्र योजना शिर्षकान्तर गर्ने योजनाको संशोधन प्रस्ताव पेश गर्नुपर्ने निर्णय गरेको नगर प्रवक्ता सुर्यवहादुर डाँगीले वताए । उनले उपमहानगरपालिकाले सञ्चालन गर्न थालेको मेट्रो कलेजको भवन निर्माणको काम अगाडि बढाउने प्रस्ताव समेत गरेको जानकारी दिए ।

यसैगरै हिउँदे अधिवेशन चैत्र २७ गतेभित्र सम्पन्न गर्ने निर्णय समेत गरिएको छ । गत आर्थिक वर्षमा वितरण गरिएको टिनको छाना वितरण कार्यक्रमको समिक्षाका साथै नयाँ आर्थिक वर्षका लागि टिन वितरणको काम अगाडि बढाउने समेत निर्णय गरेको छ । यसैगरी यस आर्थिक वर्षमा भएका विभिन्न कृषि अनुदान रकमको अनुगमनका लागि नगर प्रवक्ता सुर्यवहादुर डाँगीको अध्यक्षतामा अनुगमन समिति समेत निर्माण गरिएको छ । जसको सदस्यमा वडाध्यक्ष राजु आचार्य र माधव वली रहेका छन् ।