FAQs Complain Problems

भर्खरै

दाङमा चैत १८ देखि हप्तामा ४ दिन दैनिक दुई उडान हुने

दाङ, चैत १४ । यही चैत १८ गतेदेखि दाङ एयरपोर्टमा हप्तामा चार दिन दैनिक दुईवटा उडान हुने भएको छ । १/१ दिनको अन्तरमा दैनिक दुईवटा उडान हुने भएको छ । नयाँ सेडुल अनुसार सोमवार दुईवटा, मंगलवार एउटा, बुधवार दुईवटा, विहीवार एउटा, शुक्रवार दुईवटा, शनिवार एउटा र आइतवार दैनिक दुईवटा उडान हुने छ । दैनिक दुईवटा उडान हुन लागेको दाङको इतिहासमा यो नै पहिलो पटक हो । झन्डै छ महिना अगाडिदेखि नेपाल एयरलाइन्सले दाङको टरिगाउँ एयरपोर्टमा उडान भर्दै आएको छ । विगत ३ महिनादेखि उस्ले यहाँ दैनिक उडान सुरु गरेको हो । यात्रुको चापलाई मध्यनजर गर्दै अब दैनिक दुईवटा उडान भर्न थालेको तुलसीपुरमा प्लेनको टिकको व्यवस्थापनको जिम्मा लिदै आएका एकजना कर्मचारी गौरव रेग्मीले जानकारी दिए । टरिगाउँ एयरपोर्टको धावन मार्ग कालोपत्र भएपनि लम्वाई जम्मा साढे ८ सय मिटर र चौडाई ३० मिटरको मात्रै छ । त्यसले गर्दा यहाँ ठूला विमान अवतरण गर्न सक्दैनन् । यहाँ ट्विइनटर विमान मात्रै आउन सक्छ । ठूला विमान आउन नसक्दा यात्रुले नेपालगञ्जको तुलनामा महंगो भाडा तिर्नु परेको छ । दाङदेखि काठमान्डौंको लागि प्रतिव्यक्ति ८ हजार ८ सय ८० रुपैंया भाडा निर्धारण गरिएको छ भने काठमान्डौंवाट दाङका लागि भने ६ हजार ७० रुपैंया निर्धारण गरिएको छ । दाङको टरिगाउँ एयरपोर्टमा हालसम्म इन्धन डिपोपनि छैन । त्यसले गर्दा प्लेनले उतैवाट इन्धन बोकेर आउनु पर्ने बाध्यता छ । यात्रु बस्ने सिटमा इन्धन ल्याउनुपर्ने हुँदा बढीमा १२ देखि १४ जना जति यात्रु मात्रै त्यसले बोक्ने गर्छ । त्यसवाहेक अन्य चारवटा सिटमा इन्धन राखिने हुँदा ती सिटको भाडापनि यात्रु आँफैले तिर्नुपर्ने बाध्यता छ ।