FAQs Complain Problems

भर्खरै

‘पसल दर्ताको अभियान चलाउँदै तुलसीपुर उपमहानगर’

 तुलसीपुर उपमहानगरपालिका क्षेत्र भित्र सञ्चालन भएका सबै व्यवसायलाई दर्ता प्रक्रियामा ल्याउनका लागि तुलसीपुरले अभियान सञ्चालन गरेको छ ।

विभिन्न निकायमा दर्ता भएपनि उपमहानगरपालिकाभित्र दर्ता नगरेर धेरै व्यवसाय सञ्चालन भइरहेको भन्दै व्यवसाय दर्ताको अभियान सञ्चालन गरिएको वित्तिय अधिकृत ललित घर्तिले बताए । उनले व्यवसाय दर्ताका लागि असोज महिनाभित्रलाई समय दिइएको कुरामा समेत जोड दिए ।

“असोज महिनाभित्र कुनै पनि हिसाबले दर्ता गर्नैपर्दछ” अधिकृत घर्तिले बताए । उनले उपमहानगरपालिका भित्रमा १२ हजार व्यवसाय सञ्चालन भएको भएपनि ५ हजारको हाराहारीमा मात्रै दर्तामा आएको बताए ।

व्यवसाय दर्ता गरेर सञ्चालन गरेको तिन वर्षभन्दा बढि समय भएकाहरुका लािग ३ वर्षको मात्रै नविकरण शुल्क लिएर दर्ता गरिने पनि घर्तिले वताए । उनले असोज महिना भित्र पनि दर्ता प्रक्रियामा नआए कारवाही प्रक्रिया अगािड बढाउने कुरामा जोड दिए । “व्यवसाय दर्ता नगरेर चलाउन मिल्दैन, कसैले त्यसो गरेको पाइए कारवाही गर्नेछौ” घर्तिले भने । उनले व्यवसाय दर्ता नगरेर चलाइएको पाइएमा उपमहानगरपालिकाबाट हुने सबैखाले सेवा रोक्ने समेत बताए । उनले त्यस्ता व्यापारीहरुलाई कुनै पनि सिफारिस समेत नदिने बताए ।