FAQs Complain Problems

भर्खरै

दाङमा खुल्यो कोशेली घर, स्थानीय उत्पादनका सामाग्री राखिने

दाङको तुलसीपुरमा घरेलु उत्पादनहरुको प्रदर्शनी तथा विक्रि केन्द्र कोशेली घर स्थापना गरिएको छ।घरेलु तथा साना उद्योग कार्यालय दाङले १६ लाख ९ हजार ८ सय ६५ रुपैयाँको लागतमा कोशेली घरको स्थापना गरिएको हो।

निर्माण गरिएको कोशेली घर स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ।तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई कोशेली घर हस्तान्तरण गरिएको हो। यो कोशेली घर तुलसीपुर वसपार्कमा निर्माण गरिएको छ।

घरेलु उद्योग कार्यालय प्रमुख वासुदेव रिजालले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई कोशेली घर सञ्चालन र व्यवस्थापनको लागि हस्तान्तरण गरिएको छ।

कोशेली घरमा स्थानीय घरेलु उत्पादनका सामाग्री विक्रि वितरणको लागि राखिने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए। कोशेली घर सञ्चालन गर्न सहकारीलाई जिम्मेवारी दिने तयारी गरिएको छ।

घरेलु उत्पादनका सामाग्री बजार र विक्रि केन्द्रको अभावमा घरमै राख्ने गरिएको थियो।अब कोशेली घरमा स्थानीय उत्पादनले प्राथमिकता पाउनुपर्ने जिल्ला लघु उद्यमविकास संघका अध्यक्ष माया न्यौपानेले बताइन्।

ओद्योगिक ग्रामको फाइल हस्तान्तरण

घरेलु तथा साना उद्योग कार्यालय दाङले तुलसीपुर उपमहानगरपालिका भित्र ओद्योगिक ग्राम स्थापनाको बिषयमा तयार पारिएको अध्ययन प्रतिवेदन हस्तान्तरण गरिएको छ।२ ठाउँमा ओद्योगिक ग्रामको प्रस्ताव गरिएको छ।