FAQs Complain Problems

भर्खरै

सडक विकासको मेरुदण्ड हो– पाण्डे

सडक विकासको मेरुदण्ड हो– पाण्डे

तुल्सीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेले समग्र विकासका लागि सडकनै मेरुदण्ड भएको वताएका छन । 
तुल्सीपुर उपमहानगरपालि वडानं १८को पिपल चौतरा टोल विकास संस्थाको उद्घाटन गर्दे प्रमुख अथितिको आसनवाट वोल्दै मेयर पाण्डेले सो कुरा वताएका हुन । 
यो वर्ष निर्माणको  आधार वर्ष भएकोले तुल्सीपुर उपमहानगर पालिका भित्र सड्क कालोपत्रेका लागि ५० वटा भन्दा वढि सडक निमार्ण भैरहेको जानकारी गराएका छन् । सडक सँगै आउदो वर्ष समृद्धिको ढोकाका वर्ष भएको वताउदै मेयर पाण्डेले भने –अव सडकका लागि हामी विवाद्मा जाने वेला छैन , जति सडक चौडा हुन्छ हाम्रो जग्गाको पनि त्यतिनै मुल्यावान हुने भएकोले एक दुइ हात जग्गा जादैैमा पिर गर्नुहुन्न । विकसित मुलुकमा सडकनै पहिलो प्राथमिकता नै सडक भएको भन्दै पाण्डेले भने– अव आगामी वर्षका लागि करिव ९५५ किलोमिटर कालोपत्रे गरिने जानकारी गराए । त्यसै गरि नेकपा प्रदेश नंम्बर ५ का सदस्य टोपेन्द्र के.सीले वाटो विरुद्ध काम गर्ने जो कोहि पनि समाजका मुख्यदोषि भन्दै वाटोको लागि केहि थोरै भए पनि सहयोग सके त्योनै सव भन्दा पुन्यको काम हो भने ।

कार्यक्रममा वेलभुण्डी खानेपानीका अध्यक्ष प्रदीप गौतम, तुल्सीपुर उपमहानगर पालिका वडाध्यक्ष माधव वली, नेकपाका नेता टिकाराम खड्का, दलवहादुर महत, नेपाली कांग्रेसका इकाई सभापति हिम वहादुर डाँगी, नेकपा धन वहादुर नकाल, चित्रा धिताल, १९ नम्बर वडा सदस्य केशर वहादुर पुन, यज्ञ वहादुर वुढाथोकी, छरछरे खानेपानीका अध्यक्ष गिरीराज पाण्डे लगाएकाले वोलेका थिए । 
पिपल चौतारा टोल विकास संस्थाका अध्यक्ष पवित्रा रोकाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण नेकपाका नेता डिल्ली पुनले गरेका थिए ।