FAQs Complain Problems

भर्खरै

तुलसीपुरमा १५ करोड बढि राजश्व, लक्ष्यभन्दा बढि संकलन

तुलसीपुरमा १५ करोड बढि राजश्व, लक्ष्यभन्दा बढि संकलन

दाङको तुलसीपुर उपमहानगरपालिकाकले लक्ष्यभन्दाबढि राजश्व संकलन गरेको छ ।

आर्थिक बर्ष २०७५/७६ मा १४ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा १५ करोड ३८ लाख ४१ हजार ४ सय ६३ राजश्व संकलन गरेको तुलसीपुर उपहानगरपालिकाका वित्तीय अधिकृत ललित घर्तीले जानकारी दिए । घर्तीका अनुसार १ करोड ३८ लाख ४१ हजार ४ सय ६३ राजश्व संकलन भएको हो ।

उनका अुनसार एकीकृत सम्पत्तिकरबाट १ करोड ९६ लाख ४५ हजार १ सय ९२, मालपोत तथा भूमीकरबाट ३० लाख १२ हजार ८ सय ९६, घरजग्गा बहालकरबाट ३७ लाख ९३ हजार ९ सय ७२, व्यवसायकरबाट ५२ लाख ६७ हजार ९ सय २५, जडिवुटि, कवाड र जिव जन्तुकरबाट ७ लाख ३८ हजार ९ सय, ढुङगा बालुवा निकासीकरबाट १ करोड ७९ लाख २६ हजार ४ सय ६, विज्ञापनकरबाट १ लाख ४५ हजार ८ सय ५, बहाल विटौलीकरबाट २४ लाख १६ हजार ४ सय ६, पार्किङ शुल्कबाट ११ लाख ८ हजार ३९, सेवा शुल्क दस्तुरबाट २ करोड ७३ लाख १४ हजार २७, ट्रेडिङ, विक्रि तथा निकासी शुल्कबाट ६० लाख ७१ हजार ५ सय र राजश्व वाँडफाँड मालपोत रजिष्ट्रेशन शुल्कबाट ३ करोड ८४ लाख ९७ हजार ४ सय ९१ रुपैया राजश्व संकलन भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका कर्मचारी फिल्डमा गएर राजश्व उठाउनु र नगरपालिकामा १२ हजार ६ सय ४ जना करदाता थपिएका कारण राजश्व संकलनमा वृद्धि भएको उनको भनाई थियो ।

तुलसीपुर उपमहानगरपालिकाले १६ वटा विभिन्न शीर्षकमा राजश्व संकलन गर्दै आएको छ । गएको आर्थिक वर्ष २०७४/७५ मा ६ करोड राजश्व संकलन गरेको नगरपालिकाले यो आर्थिक बर्ष २०७५/७६ मा २५ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको वित्तीय अधिकृत घर्तीले जानकारी दिए ।