FAQs Complain Problems

भर्खरै

तुलसीपुरमा नमुना युवा संसद, एकै दिन तीन वडामा क्लव गठन

तुलसीपुरमा नमुना युवा संसद, एकै दिन तीन वडामा क्लव गठन

दाङको तुलसीपुरमा नमुना युवा संसदको अभ्यास सुरु गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले पारित गरेको युवा संसद सञ्चालन कार्यविधी २०७५ अनुसार उपमहानगरमा युवा संसद गठन प्रकृया अगाडी बढेको हो । उपमहानगरपालिका र जिल्ला युवा समिति दाङले मंगलबार देखि उपमहानगरका वडाहरुमा युवा क्लव गठन सुरु गरेका छन् ।

मंगलबार नगरका वडा नं. १, २ र ६ मा वडा स्तरिय युवा क्लव गठन गरिएको जिल्ला युवा समितिका अध्यक्ष शुरेस रावतले जानकारी दिए । वडा नं. ६ मा भएको युवाहरुको भेलाले मदन भुसालको अध्यक्षतामा १५ सदस्यीय युवा क्लव गठन गरिएको छ । क्लवको उपाध्यक्षमा दिवाकर खड्का, सचिवमा अस्मिता भण्डारी र कोषाध्यक्षमा सरस्वती भण्डारी रहेका छन् ।

युवा संसद सञ्चालन कार्यविधी २०७५ ले दिर्नेशन गरेका विभिन्न क्षेत्रका युवाहरु संलग्न रहेको वडा स्तरिय युवा क्लव गठन गरिएको रावतले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष नवराज लामिछानेको अध्यक्षतामा भएको युवा भेलाको सहजिकरण वडा सदस्य युवा कराराले गरेकी थिइन् । कार्यक्रममा वडा सदस्य दुजमान भण्डारी बर्षत, यमुना परियार, पत्रकार महासंघ दाङका सदस्य नारायण भण्डारी लगायतले मन्तब्य राखेका थिए ।

यस्तै वडा नं. २ मा यामेन्द्र वलीको अध्यक्षतामा १५ सदस्यीय वडा स्तरिय युवा क्लव गठन गरिएको छ । क्लवको उपाध्यक्षमा मिना चौधरी, सचिव सुमन वली र कोषाध्यक्ष माया चौधरी रहेको वडा अध्यक्ष राजु आचार्यले जानकारी दिए । यस्तै वडा नं. १ मा पनि १५ सदस्यीय युवा क्लव गठन गरिएको तुलसीपुर उपमहानगरपालिका प्रेस सल्लाहका बसन्त आचार्यले जानकारी दिएका छन् ।

पहिलो चरणमा तुलसीपुर उपमहागरका १९ वटै वडाहरुमा १५ सदस्यीय युवा क्लव गठन गरिने रावतले जानकारी दिए । त्यसपछि हरेक वडा क्लवका पदाधीकारीहरुलाई युवा नीति, युथ भिजन र दिगो बिकास लक्ष्यका बिषयमा अभिमुखिकरण गरिने उनले बताए । युवाहरुलाई नमुना युवा संसद सञ्चालन र बार्षिक कार्यक्रम तयारीका विषयमा प्रशिक्षण दिएपछि नमुना युवा संसद गठन गरिने रावतले जानकारी दिए ।

१९ वटा वडाहरुबाट २र२ जनाका दरले ३८ जना, नगर कार्यपालिकाले छनोट गरेका ७ जना र राजनैतिक दलहरुबाट ७ जना गरी ५२ जनाको युवा संसद गठन गरिने छ । यसरी गठन भएको युवा संसदले राष्ट्रपछि, उपराष्ट्रपछि, सभामुख छनोट गरी संसदीय अभ्यास गराउने युवा छनोट गरी संसदिय अभ्यास गराउने ।

हरेक बडाबाट २ र २ जना छनोट गरि र ७ जना नगर कार्यपालिकाले ७ जना छनोट गर्ने । दलहरु बाट ७ जना गरि ५० जनाको युवा संसद गठन गरी संसदीय अभ्यास गराउने युवा संसद सञ्चालन कार्यविधी २०७५ मा उल्लेख छ ।

देशभरका युवाहरुलाई नेतृत्व र नीति निमार्ण तह सम्म पु¥याउने उद्देश्यले युवा तथा खेलकुद मन्त्रालयले युवा संसद सञ्चालन कार्यविधी तयार पारेको हो । अघिल्लो बर्ष दाङको दंगिशरण गाउँपालिकामा युवा संसद तयार पारी संसदीय अभ्यास गरिएको थियो ।