FAQs Complain Problems

भर्खरै

बिकटमा प्रसुति सेवा, वडा नं. १९ लाई एम्बुलेन्स

बिकटमा प्रसुति सेवा, वडा नं. १९ लाई एम्बुलेन्स

दाङ तुलसीपुरका बिकट वडामा प्रसुति सेवा सञ्चालन गर्दै आएको छ ।

बिकट क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यो अभियान शुरु गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले शुक्रबार १९ नम्बर वडामा २४ घण्टे प्रसुति सेवाको उद्घाटन गरेका हुन् ।

ग्रामिण क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न यो अभियान शुरु गरिएको उनले बताए ।

प्रमुख पाण्डेले वडा नं. १९ मा एम्बुलेन्स समेत हस्तान्तरण गरेका छन् । वडा अध्यक्ष रामबहादुर योगीलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका हुन् ।

त्यस अवसरमा उनले कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्य स्वास्थ महाशाखाका प्रमुख डाक्टर गोकर्ण दाहाल ,वडा नम्बर २ का वडाध्यक्ष राजु आचार्य,नेकपाका नेता टोपेन्द्र केसी,नेपाली कांग्रेसका नेता हिमबहादुर डाँग्ीलगायतले मनतब्य बयक्त गरेका थिए ।