FAQs Complain Problems

भर्खरै

उपमहानगरद्धारा घरटहरा भत्काउन सातदिने अल्टिमेटम(घरधनीको नामावली सहित )

उपमहानगरद्धारा घरटहरा भत्काउन सातदिने अल्टिमेटम(घरधनीको नामावली सहित )

तुलसीपुर उपमहानगरपालिका कार्यालयले सडक अतिक्रमण गरी बनाईएका घर टहरा भत्काउन आग्रह गरेको छ । तुलसीपुर ५ सुर्खेत सडकखण्ड अन्र्तगत नयाँबसपार्क पिपलबोट ओरालो नजिकै वरपरका घर तथा संरचना भत्काउन उपमहानगरले सम्वन्धित घरधनीलाई एक हप्ते सार्वजनिक सुचना जारी गरी आग्रह गरेको छ । कार्यपालिकाको २०७५ माघ १३ गते बसेको बैठकले सडकको आसपासका १५/१५ मिटरको दुरीमा रहेका संरचना हटाउन सम्वन्धित घरधनीलाई आग्रह गदै निश्चित अवधी तोकेको थियो ।

तर उक्त आग्रहलाई अटेरी गरी तोकिएको अवधी समेत सकिएको भन्दै उपमहानगरपालिकाले संरचना भत्काउन अर्को पटक सुचना जारी गरेको छ । अव पनि उक्त सुचनालाई व्यवास्ता गरेमा उपमहानगरपालिकाले आफै डोजर प्रयोग गरी निर्माण गरीएका संरचना भत्काउने चेतावनी दिएको छ । साथै संरचना भत्काउन प्रयोग गरिने डोजरको भाडा समेत अशुल गरिने जनाईएको छ ।
उपमहानगरपालिकाले भत्काउनु पर्ने संरचनाका घरधनीहरुको नामावली समेत सार्वजनिक गरेको छ । जसमा संगिता रावल, तेज बहादुर विक, भुपेन्द्र केसी,धन बहादुर बुढाथोकी, विशाल किराना पसल, बल बहादुर डँगी, शैलेन्द्र वली, अर्जुन नेपाली, दयाराम विकको निर्माण भईरहेको केहि भाग, शंकर विष्ट, बेद प्रसाद वली, अदिल अलि सिद्दिकी, कु्मार वली, डमवर विक, पवित्रा डाँगी, कर्ण बहादुर डाँगी र कमल बस्नेत रहेका छन् ।