FAQs Complain Problems

भर्खरै

तुलसीपुर मोतिविन्दुमुक्त अभियान सुरु

तुलसीपुर, फागुन ३० । तुलसीपुुर उपमहानगरपालिका वडा नम्वर १ धारपानी टोलकी कृष्णी सार्की (५९) ले गतवर्ष एउटा आँखाको मोतिविन्दुको अपरेशन गरिन् । घरमा कोही नभएकी सार्कीले यसपटक गाउँमै आँखा जाँच्ने मान्छे आएका थिए भन्ने सुनेर आँखा जाँच गराउन गइन् । उनको अर्को आँखामा पनि मोतिविन्दु भएको रहेछ । ‘आँखा किन धमिलो भयो भनेको त मोतिविन्दु पो भएको रहेछ ’ सार्कीले समयमै चेकजाँच गराएका कारण आँखा देख्ने आशा पलाएको वताइन् । सोही ठाउँमा वस्ने सोमेश्वर पाण्डे (७०) ले वायाँ आँखा मात्रै देख्थे, गाउँमा आएको आँखा चेक गर्ने टोलिलाई चेक गराउँदा अर्को आँखामा त मोतिविन्दु पो भएको रहेछ । ‘अब दुवै आँखा देख्न पाइने भयो ’ उनले खुसी व्यक्त गरे ।
तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको मोतिविन्दु भएकाहरुको निःशुल्क अपरेसन गर्ने कार्यक्रममा उनी अपरेसन गर्न आएकी रहिछन् । वडा नम्वर २ का टिकाराम गिरी (८५) आँखा धमिलो हुँदै गएपछि गाउँमा आएको टोलीमा चेकजाँच गराउँदा मोतिविन्दु भएको रहेछ । ‘आज अपरेसन हुन्छ भनेर आएको छुँ’ अपरेसन गर्नेहरुको लाइनमा उभिएका गिरीले भने । उनीजस्ता धेरै वृद्धहरु उत्साहका साथ अपरेसन गर्न तम्सिएका थिए । ‘पैसाको अभावमा कोही पनि मोतियाविन्दुको अपरेसनबाट वञ्चित हुनुपर्ने छैन ’ नगरप्रमुख घनश्याम पाण्डेले भने ।

तुलसीपुर उपमहानगरपालिकालाई मोतिविन्दुमुक्त नगर घोषणा गर्नका लागि उपमहानगरपालिकाले ‘मोतिविन्दु मुक्त तुलसीपुर, उज्यालो तुलसीपुर’ अभियानको आरम्भ गरेको छ । मुख्यमन्त्री शंकर पोखेल र वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतले अभियानको सुरुवात गरेका थिए । आँखा रोगको उपचारका लागि तुलसीपुरलाई केन्द्र वनाउन गरी प्रदेश सरकारले योजना अगाडि वढाउने मुख्यमन्त्री पोख्रेलले वताए । उनले प्रदेश सरकारले पनि आँखा उपचारको अभियान सञ्चालनका लागि योजना वनाएको जानकारी दिए ।

वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतले अभियानलाई नेपालका हरेक ठाउँमा पु¥याउनका आवश्यक रहेको वताउँदै आफ्नो तर्फबाट सहयोग गर्न तयार रहेको वताए । उनले आँखा सम्वन्धि विभिन्न रोगबाट वच्नका लागि नियमित रुपमा आँखा जाँच गराउन आवश्यक रहेको वताए ।

अभियानको पहिलो दिन तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १ र २ का १ सय जना मोतिविन्दु भएकाहरुको निशुल्क अपरेसन गरिएको स्वास्थ्य महाशाखा प्रमुख गोकर्ण दाहालले जानकारी दिए । उनले पहिलो दिन अपरेसन गर्ने र दोस्रो दिन अपरेशन गरिएकाहरुलाई निःशुल्क चस्मा र औषधि वितरण गरिने समेत जानकारी दिए । एक जना विरामीको उपचारका लागि ८ हजार खर्च लाग्नेमा उपमहानगरपालिकाले ५ हजार र राप्ती अञ्चल आँखा अस्पतालले ३ हजार रुपैमा खर्च गर्ने भएको हो ।

उनले अभियानलाई नगरका १९ वटै वडामा विस्तार गरिने समेत वताए । उपमहानगरपालिका भित्र १५ सय मोतिविन्दुका विरामी रहेको पनि दाहालले वताए । उनले यसैवर्ष ५ सय मोतिविन्दु भएकाहरुको अपरेसन गर्ने योजनामा शाखा रहेको पनि वताए ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १ का वडाध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वोल्दै नगरप्रमुख घनश्याम पाण्डेले नसर्ने रोगका कारण विश्वमा धेरै जनताको ज्यान जाने गरेको वताउँदै उपमहानगरपालिकाले यसका लागि अभियान सञ्चालन गरेको वताए । ‘रोग लाग्नुभन्दा पनि लाग्नै नदिनका लागि हामी सचेत हुनुपर्दछ ’ उनले वताए । वडा नम्वर २ का वडाध्यक्ष राज आचार्यले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजिरकण प्रवक्ता श्याम डाँगीले गरेका थिए ।

यसैविच विश्व मृगौला दिवसका अवसरमा मृगौलाको समेत चेकजाँच गरिएको छ । वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले आरम्भ गरेको कार्यक्रममा वोल्दै उनले जीवनशैलीका कारण मृगौला रोगीको संख्या वढ्दै गएको वताउँदै नियमित रुपमा मृगौला चेकजाँच गराउनु पर्ने वताए । ‘यहाँबाट मृगौला रोग लागेका मान्छेहरुको हामीले काठमाडौमा निःशुल्क चेकजाँच गर्नेछौ’ उनले भने । दैनिक ३ लिटर पानी पिउँदा मृगौलाबाट वच्न सकिने उनले सुझाएका थिए ।