भर्खरै
तुलसीपुर उप-महानगरपालिकाको संक्षिप्त परिचय
तुलसीपुर उपमहानगरपालिका, बिश्व मानचित्रमा एसिया महादेशको दक्षिणी क्षेत्रमा पर्ने हाम्रो देश नेपालको मध्य-पश्श्वचिम क्षेत्रको लुम्बिनी प्नदेश अन्तरगत दाङ जिल्लामा पर्दछ । दक्षिण एसियामै सबैभन्दा ठुलो उपत्यकाहरु मध्यमा पर्ने दाङ जिल्लाको मध्य भागमा पर्ने र क्षेत्रफलको आधारमा नेपालमा सबैभन्दा दोस्रो ठुलो उपमहानगरपालिका तुलसीपुर उपमहानगरपालिका हो । तुलसीपुर उपमहानगरपालिकाको कुल क्षेत्रफल ३८४.८ वर्ग कि.मी. रहेको छ । यस उपमहानगरपालिकाको करिब ७० प्रतिशत भुभाग दांग उपत्यकाको समथर भुभागमा रहेको छ भने, बाकी भुभाग पहाडी भुभागमा रहेको छ ।
महाभारत पहाड र चुरे लेकको विचमा रहेको यस उपमहानगरपालिकामा तुई दांग उपत्यका सहित दांग उपत्यकाको मध्य भागमा रहेका अधिकांस वस्तीहरु यसभित्र रहेका छन । प्रशस्त खेतियोग्य जमीन,सुन्दर मानव वस्तीहरु,विभिन्न बजार केन्द्रहरु, खोला नाला, वनजंगलले ढाकीएको तुलसीपुरमा पार्क, मैदान,चरण क्षेत्र,विभिन्न पर्यटकीय स्थलहरु रहेका छन । यहा विभिन्न कला संस्कृती, धर्म संस्कार,जातजातिका रहन सहन,रितीरिवाज, लोकनाच, भाषा भेष, तथा विभिन्न कलात्मक मठ मन्दिर मस्जिद,गुम्बा चर्च पनि रहेका छन् ।
दाङ जिल्लाको मध्य भागमा रहेको यस उप–महानगरपालिका साविक तुलसीपुर नगरपालिका, हलवार, टरिगाउँ, उरहरी, पवननगर, मानपुर, विजौरी, डुरुवा र फुलवारी गा.वि.स. गाभेर निर्माण भएको हो र यस नगरपालिकामा १९ वटा वडाहरू रहेका छन् ।
यसको पूर्वमा घोराही उप महानगरपालिका,पश्चिममा शान्तीनगर गाउँपालिका र दंगीशरण गाउँपालिका दक्षीणमा लमही नगरपालिका तथा र उत्तरमा सल्यान जिल्लाका कपुरकोट तथा त्रिवेणी गाउपालिका पर्दछन । यो उप–महानगरपालिका नेपालको संघीय राजधानी काठमाण्डौँबाट ४२५ कि.मी. पश्चिम दिशामा रहेको छ ।
यस तुलसीपुर उप-महानगरपालिकामा खस (ब्राहमण, क्षेत्री, ठकुरी, दशनामी समुदाय, थारु, मगर, नेवार, गुरुङ, अल्पसंख्यक, कुमाल, गन्धर्व, वादी, मुस्लिम तथा क्रिश्चियन लगायत विभिन्न जातजाति भाषा, धर्म र
संस्कृती भएका मानिसहरूको बसोवास रहँदै आएको छ ।