FAQs Complain Problems

भर्खरै

तुलसीपुर उपमहानगरपालिका

Read More

हात्ति ढुङगा

Read More

ड्रोन क्यामराबाट लिएको बजारको तस्बिर

Read More

बेलझुन्डी रङ्गशाला

Read More

टरीगाँउ एयरपाेर्ट

Read More

चमेरी गुफा

Read More

तुलसीपुर बन्यो दाङ्गको उत्कृष्ट स्थानीय तह

Read More

लकडाउनमा भाडा छुट्गरेको भन्दै तुलसीपुरका मेयरलाई सम्मान

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले लकडाउनको समयमा ८० दिन बराबरको घरभाडा छुट गरेको भन्दै तुलसीपुर उद्योग वाणिज्य संघले नगरप्रमुख घनश्याम पाण्डेलाई सम्मान गरेको छ ।नगरप्रमुखको कार्यकक्षमा सम्मान गर्दै संघका अध्यक्ष विरवहादुर रावतले उपमहानगरपालिकाले भाडा छुट गरेको कुरालाई उदाहरणीय रुपमा लिएर केही अन्य निजी क्षेत्रबाट पनि छुट दिएको बताए ।https://tulsipurkhabar.com/

तुलसीपुर मेट्रो कलेजमा ४० प्रतिशतसम्म छुट

तुलसीपुर : दाङको तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेजमा उपमहानगरबासीलाई शिक्षण शुल्कमा ४० प्रतिशत छुट दिइने भएको छ।प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) को साझेदारीमा सञ्चालनमा आएको कलेजले गत शैक्षिक सत्रबाट डिप्लोमा तहमा बन विज्ञान अध्यापन गराउँदै आएको छ। तुलसीपुर उपमहानगरपालिकालाई प्राविधिक शिक्षाको हबका रुपमा विकास गर्ने उद्देश्यले यो कलेज स्थापना भएको हो।https://chhaharaonline.com/

पाण्डेले दिए,अट्वारीको शुभकामना

तुलसीपुर, भदौ ६ । तुलसीपुरका मेयर घनश्याम पाण्डेले थारुजातिको महत्वपूर्ण पर्व अट्वारीको अवसरमा शुभकामना दिएका छन् ।पाण्डेले विभिन्न जातजाति र समुदायले मनाउने पर्व र संस्कृतिले अनेकतामा एकताको सन्देश सम्प्रेषण गर्ने उल्लेख गरेका छन् । यस्ता पर्वहरुले विभिन्न जातजातिका बीचमा मेलमिलाप हुने, भ्रातृत्व र सद्भाव बढाउने मेयर विश्वास व्यक्त गरेका छन् ।https://farakkon.com/

थारुजातिका लागि तुलसीपुर ऐतिहासिक नगरः नगरप्रमुख पाण्डे

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले थारु जातिका लागि तुलसीपुर ऐतिहासिक नगर भएको उल्लेख गरेका छन् । थारु राजा दंगिशरणको ऐतिहासिक दरबार यसै उपमहानगरपालिकाभित्र पर्ने भएको भन्दै तुलसीपुर थारु सँस्कृतिका लागि खुला पुस्तकालय भएको समेत उनले उल्लेख गरेका छन् ।http://khabarshala.com/

Pages

मौसम जानकारी

तुलसीपुर उपमहानगरपालिका

व्यक्तिगत घटना दर्ता समयमै गरौं

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।

तुलसीपुर उपमहानगरपालिकाको  हार्दिक अपिल !!!

सामान्यतः जाडोयाममा ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, सुत्केरी, नवजात शिशु तथा दीर्घ रोगीहरु विभिन्न किसिमका रोगहरु जस्तै रुघाखोकी, निमोनिया, भाइरल ज्वरो, श्वासप्रश्वास सम्बन्धि विभिन्न किसिमका समस्याहरुबाट आक्रान्त हुने साथै जाडोयाममा कोभिड १९ को संक्रमण पनि थप बढ्ने हँुदा चिसोबाट बच्न/बचाउनहुन तुलसीपुर उपमहानगरपालिका सबैलाई हार्दिक अपिल गर्दछ ।yes

Tweets from Mofaga

नगरवासीहरुमा हार्दिक अनुरोध!!!

के तपाइले उपमहानगरपालिकालाई तिर्नुपर्ने कर तिर्नुभयो?

  • यदि तिर्नुभएको छैन भने आजै आफ्नो वडा कार्यालयमा गई सम्पत्ति कर, भूमिकर लगायतका कर,सेवा शुल्क वा दस्तुर बुझाऔं र उपमहानगरपालिका कार्यालयमा गई घरवहाल कर, व्यवसाय कर, सेवा शुल्क वा दस्तुर समयमा नै बुझाई सो को रसिद अनिवार्य लिइ सुरक्षित राखी ढुक्‍क बनौं ।
  • समयमै कर तिरौ,समृद्ध नगर निर्माणको अभियानमा हातेमालो गरौं ।
  • आफ्नो व्यापार,व्यवसाय दर्ता गरौं, समयमै नविकरण गरौं ।
  • तपाई हामीले तिरेको कर हाम्रै लागि हो, हाम्रै नगरको समग्र विकासका लागि हो ।
  • तपाइले समयमै कर दाखिला गर्नु भएन भने तपाई जरिवानामा समेत पर्नुहुनेछ ।
  • समयमै कर तिरौं, जरिवानाबाट बचौं । असल करदाताको परिचय दिऔं ।

 

Poll

तुलसीपुर उप-महानगरपालिकाले प्रदान गर्दै आएको सेवा तपाईलाई कस्तो लाग्यो ?