FAQs Complain Problems

भर्खरै

फोटो ग्यालरी

तुलसीपुर, ८ पुस / तुलसीपुर घोराही लमही सडक गी्रनबेल्ट सहितको चार लेन बन्ने भएको छ । सडक सुधार तथा विकास अयोजना अन्तर्गत बबईखोला देखि तुलसीपुरको हात्तीखौवा चोक सम्मको ३१ किलोमिटर सडक, ११ मिटर देखि १४ मिटर सम्म चौडा गरिने भएको हो । तुलसीपुर घोराही सडक, हाल पाँच देखि ६ मिटर चौडाई छ ।
सडक निर्माणका लागि एक अर्ब २० करोड ३९ लाख ६० हजार तीन सय ४४ रुपैयाँ विनियोजन भएको सडक सुधार तथा विकास आयोजना निर्देशनालयका प्रमुख सुशीलबाबु ढकालले जानकारी दिए । प्रमुख ढकालका अनुसार सडक क्षेत्रमा पर्ने ७ किलो मिटर बजार क्षेत्रमा ग्रिनबेल्ट निर्माण गर्नुका साथै स्मार्ट सडक बत्ती जडान गरिने छ ।

३० महिनामा काम सक्ने गरि भारतीय कम्पनी तथ्या इन्जिनीरीङ एण्ड इन्फ्रा प्रोजेक्टको नाममा निर्देशनालयले आशय पत्र समेत प्रकाशित गरेको छ । ‘सडक निमार्णका लागि एक हप्ता भित्र सम्झौता हुन्छ,’ प्रमुख ढकालले भने, ‘ सम्झौता भएको एक महिना भित्रै काम सुरु हुन्छ । ढुक्क हुनुहोस ।’ सम्झौता भएको तीस महिना भित्र निर्माण कम्पनीले काम सक्नु पर्नेछ ।’ आयोजनाका अनुसार कालोपत्रे अत्याधुनिक प्रविधिको हुने छ ।

मेयरको पहलमा ७ मिटर बाट १४ मिटर 
तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको पहलमा बबईखोला देखि तुलसीपुर सम्मको सडक चार लेण्ड हुने भएको हो । मेयर पाण्डेले सडक चार लेन बनाउन, विभिन्न मन्त्रालय, केन्द्रिय नेता, मन्त्री र आयोजनाका अधिकारीहरुलाई भेटेर सडकको रेखाङ्कनलाई पुर्नविचार गर्न आग्रह गरेका थिए । सडकमा गुड्ने सवारी साधन, जनघनत्व र हाईवय सडक भएकाले चौडाईमा पुर्नरविचार गर्न मेयर पाण्डेले अनुरोध गरेका थिए । ‘ पहिला ७ मिटरको डिजायन थियो, ’ निर्देशनालयका प्रमुख ढकालले भने, ‘ मेयरसाव, राजनीतिक दल, मन्त्रालय, प्रदेश सरकार र मिडियाको निरन्तरको ताकेकता पछि रिभ्यु गरेर १४ मिटर चौडा गर्ने गरी ठेक्का प्रकृया अघि बढाइएको हो ।’

लमही घोराही सडकको विकल्प खोज्दै छौ :  आयोजना प्रमुख
अमलिया घोराही सडकको संचरचना नविग्रनेगरी बैकल्पीक मार्गको खोजीमा रहेको सडक सुधार तथा आयोजना निर्देशनालयले जनाएको छ । चट्टान र पहाडी क्षेत्र भएकाले साविकको सडकलाई विस्तार गर्दा आवागमन समस्या उत्पन्न भई यात्रुहरुले पनि सास्ती झेल्नु पर्ने भएकाले विकल्पको खोजीमा रहेको आयोजना प्रमुख ढकालले बताए ।
‘हामी त्यो बाटोलाई विगार्ने पक्षमा छैनौ,’ ढकालले भने, ‘बैकल्पीक मार्गका लागि सम्भाव्यता अध्यन पछि डिपीआर गरेर ठेक्कामा जान्छौ ।’
तुलसीपुर – घोराही लमही सडक चार लेन भएमा करिब २० बर्षलाई थेग्ने आयोजनाले दाबी गरेको छ ।

तपाइको play store मा गएर Tulsipur Sub -Metropolitan City -तुलसीपुर type गरेर सजिलै तुलसीपुर उपमहानगर mobile apps download गर्न सक्नुहुन्छ।

उपमहानगरपालिका mobile apps

Pages